Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सबैको सपना हिरो बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/12/05

कलाकार बन्ने सपना अधिकांशले बुनेका हुन्छन् र त्यसमा पनि फिल्मको हिरो हिरोईन बन्ने चाहना र सपना धेरै युवायुवतीको हुन्छ । यहि हिरो बन्ने सपना बुन्दै आगामी मंसिर ३० गते २१ जना युवाहरू मिस्टर नेपालका लागि भिड्दै छन् ।

 

राजधानीमा अवस्थित काठमाण्डौ मलको छैठौं तलामा २००२ का मिस्टर नेपाल तथा हालका चर्चित नायक जीवन लुईटेललाई आफ्नो परिचय दिने क्रममा सहभागी २१ युवाहरू मध्ये अधिकांशले हिरो बन्ने सपना बुनेको बताए । कतिले त जीवन जस्तै बन्न मन लागेको पनि बताए । हिरो बन्ने सपना र आफू जस्तै कलाकार बन्ने चाहना राख्दा सोफामा ति युवाहरूलाई नियाली रहेका जीवन मुसुमुसु हाँसेका देखिन्थे ।

 

 

'सपना प्राप्ति सहज छैन तर असम्भव पनि छैन', नायक लुईटेलले आफू अगाडी रहेका युवाहरूलाई लक्षित गर्दै भने, 'जीत हासिल गर्नु एउटा कुरा हो तर स्टेजमा उत्रेर आफ्नो कला देखाउन पाउनु नै सफलताको पहिलो सिढी हो । त्यसैले जीवनमा हरेश नखाई कर्म गर्नुस् तपाईंले देखेको सपना पूरा हुन्छ ।' आफ्ना अगाडी पर्दाको हिरो देख्दा मिस्टर नेपालका प्रतिष्पर्धीहरूले हौषला मिलेको बताउँदै जीवनले पाएको सफलताको रहस्यको बारेमा बुझ्न जिज्ञासा राखेका थिए । जीवनले पनि मोडलिङबाट नै आएको हुनाले यो क्षेत्रलाई निकै माया र सम्मान गर्ने बताउँदै जीवनले प्रतिष्पर्धी युवाहरूलाई आफ्ना अनुभव र संघर्षका कथाहरू सुनाएका थिए ।

 

 

यस्तै जीवनले हिरो बन्ने सपना बुनेका युवाहरूलाई नेपाली फिल्मको वर्तमान अवस्थाको बारेमा प्रस्ट्याउनुको साथसाथै आफ्नो चर्चित गीत 'सिम्पल सिम्पल...' मा युवाहरूसँगै नाचेर उनीहरूलाई हौसला र कन्फिडेन्ट बढाउन सहयोग गरेका थिए । एक्सपोज नेपालले आयोजना गरेको यो मिस्टर नेपाल २०१२ मंसिर ३० गते दिउँसो ३ बजे आर्मी अफिसर्स क्लबमा हुँदैछ ।