Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किम्फमा ६२ फिल्म देखाईंदै/ `सुनगाभा` प्रिमियर गरिने

फिल्मीखबर, काठमाण्डौ, 2012/12/05

हिमाल एसोसियसनको आयोजनामा १० औं काठमाण्डौ अर्न्तराष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) आउँदो शुक्रबार अर्थात मंसिर २२ गते देखि २६ गते सम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन वोर्डमा हुने भएको छ ।
 

बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आयोजक हिमाल एसोसियसन जनाए अनुसार महोत्सवमा २८ देशका ६२ फिल्म (डकुमेन्ट्री, फिक्सन, छोटो फिल्म, एनिमेशन र प्रयोगात्मक) समावेश छन् । ति मध्ये नेपाल प्यानोरमा तर्फ १० फिल्म रहेका छन् । त्यसमा पनि आगामी पौष २० गते रिलिज हुन लागेको फिल्म 'सुनगाभा' लाई यहि फेस्टिभल मार्फत नेपाल प्रिमियर गरिंदै छ । नेपाल बाहिर भने यो फिल्म थुप्रै फेस्टिभलमा प्रदर्शन भईसकेको छ ।
 

 

यस्तै महोत्सवमा चर्चित फिल्म 'क्याराभान' र डकुमेन्ट्री 'हनी हन्टर्स' पनि देखाईंदै छ । 'क्याराभान' र 'हनी हन्टर्स' का निर्देशक एरिक भ्यालीले पछिल्लो समय नेपाली कथामा बनाएको डकुमेन्ट्री 'हिमालयन गोल्ड रस' लाई महोत्सवको समापन समारोहमा देखाईंने भएको छ । महोत्सवमा रिलिज ६२ फिल्म मध्ये १८ वटा फिल्महरू प्रतिष्पर्धामा उत्रदै छन् । प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मलाई १५ सय अमेरिकी डलर, दोस्रोलाई एक हजार र तेस्रो हुनेलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने ‘किम्फ’ का अध्यक्ष वसन्त थापाले पत्रकार भेटघाटमा बताए ।