Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नो स्मोकिङ सुटिङ हेटौडामा पनि

अनुप भट्टराई, मकवानपुर,हेटौडा, 2012/12/05

सिन्धुपाल्चोकको चिसापानी र दोलखाको मुडेमा मात्र सुटिङ गर्ने भनिएको नो स्मोकिङको सुटिङ मकवानपुरको हेटौडा आसपासमा पनि हुने भएको छ । 

 
फ्लोरमा जाने दिन नजिकिदै गर्दा नो स्मोकिङ टिम लोकेशन फाईनलका लागि हेटौडा आईपुगेको छ । टोलीमा निर्देशक सुमन दाहाल, प्रोड्यूसर मुरारी पोखरेल, गीतकार शंकर अधिकारी (घायल), कोरियोग्राफर नारायण रिजाल र कलाकारद्धय सरोज अर्याल र हेटौडा हर्नामाणी ८ का कलाकार शुसान्त श्रेष्ठ छन् । ३९ बर्षे सरोजले यहि फिल्म मार्फत चरित्र अभिनेताको रुपमा डेब्यू गर्दैछन् । 
 
लोकेशन फाईनलका लागि हेटौडा आईपुगेको उक्त टोलीसंग मंगलबार साँझ मकवानपुरका पत्रकारहरुले स्वागत एवं साक्षत्कार गरेका थिए । साक्षत्कार कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुर शाखाका सचिव मणि गौतमको संयोजक्त्वमा भएको थियो । कार्यक्रममा  दिईएको जानकारी अनुसार लोकेशन चित्त बुझेको खण्डमा सम्भवत सम्पूर्ण फिल्मको सुटिङ यहि क्षेत्रमा हुने सम्भावना पनि छ ।
 
कार्यक्रममा निर्देशक सुमन दाहालले आफ्नो करिअरको ट्रनिङ पोईन्टको रुपमा यो फिल्मलाई हेरेको तकै गर्दै समाजमा सकारत्मक सन्देश दिने फिल्म बनाउन लागेकाले यो प्रयासमा सम्पूर्ण पक्षबाट फिल्म निर्माणमा सहयोगको अपेक्षा गरेको बताए । 
 
 
 
 
यस्तै चटपटे गीत लेख्ने गीतकार अधिकारीले यो फिल्मको गीतबाटै आफूले पनि सन्देश दिन खोजेको बताए । उनले अन्दाज फिल्मको हिट गित सिम्पल–सिम्पलको स्थानलाई रिप्लेश गर्ने प्रकृतिको गीत यो फिल्ममा लेखेको दावी गरेका छन् ।  प्रोड्यूसर मुरारी पोखरेलले पनि आफ्नो कथामा बन्न लागेको यो फिल्मलाई सन्तानको रुपमा हेरेको भन्दै एउटा असल सन्तानको रुपमा यो फिल्मलाई पब्लिकमाझ ल्याउने दावी गरे । 
 
यसैगरी कोरियोग्राफर नारायण रिजालले सब्जेक्टलाई न्याय दिन फिल्ममा समाबेश हुने आईटम गीतलाई ग्ल्यामरको नाममा भल्गर तरिकाले प्रस्तुत नगर्ने बताए । यसैगरी यस अघि ९ वटा फिल्ममा नेगेटिभ रोलमा देखिसकेका शुसान्त श्रेष्ठले आफू स्थानिय क्षेत्रको भएका नाताले आफ्नो क्षेत्र चिनाउनका लागि पनि यो फिल्म महत्वपूर्ण हुने बताए । यो फिल्म खैरावङ्ग फिल्म प्रोडक्सन कम्पनी मार्फत पहिलो पटक निर्माण हुन लागेको हो । फिल्ममा झरना थापा सहित  नयाँ अनुहारमा जमुना जोशी र डि.डी. क्षेत्री पनि लिड रोलमा छन् ।