Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धादिङमा झोले

फिल्मीखबर, काठमाण्डौ, 2012/12/04

हिजो सोमबार देखि फिल्म 'झोले'को सुटिङ शुरू भएको छ । दिपेन्द्र के. खनालले निर्देशन गर्ने यो फिल्मको धादिङको कोल्पुटारमा सुटिङ भईरहेको छ । दुई दिनको सेड्यूल निकालेर धादिङ पुगेको झोले युनिट आज साँझ काठमाण्डौ फर्कने छ र भोलीबाट राजधानीमा नै करिब २० दिन सम्म सुटिङ चल्ने छ ।

 

प्रियंका कार्की, दयाहाङ राई, ए गुरूङ र शिशिर राणा फिल्ममा मुख्य पात्र हुन् । तर धादिङमा भने शिर्ष भुमिका देखिन लागेका दयाहाङ मात्र छन् । 'दयाको मात्र सिन हो त्यसैले अरू कलाकारहरू भोलीबाट ज्वाईन गर्नु हुन्छ', निर्देशक खनालले भने । शुक्रबारबाट रिलिज हुन लागेको फिल्म थ्री लभर्सको पब्ल्सिटीमा व्यस्त रहेकी नायिका प्रियंका भने बिहिबार या शुक्रबार मात्र सुटिङमा व्यस्त हुनेछिन् ।

 

टेकेन खड्का र मनोज भट्टले निर्माण गर्न लागेको यो फिल्ममा शान बस्नेतको कथा रहेको छ भने छायाँकन पुरूषोत्तम प्रधानको रहेको छ । देश नै झोले भईरहेका बेला जनता पनि हरेक तरिकाले झोले बनिरहेका छन् भन्ने कुरालाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गर्न लागिएको यो डार्क कमेडी फिल्ममा प्रियंका कार्कीले बेस्याको भुमिका निर्वाह गर्दैछिन् । टिम राम्रो भएकाले २२ दिनमा सुटिङ सक्ने लक्ष्य राखिएको निर्देशकले बताए ।