महासचिव पदबाट प्रदीप उदयको राजिनामा आएका कारण चलचित्र संघको केन्द्रिय कार्यसमिति भङ्ग हुने सम्भावना देखिएको छ ।
श्रोत अनुसार उदयको राजिनामा फिर्ता सम्बन्धामा आउँदो बुधबार संघको बिशेष बैठकद्धारा उक्त राजिनामा फिर्ता गर्न उदयलाई आग्रह गरिदैछ । जुन आग्रह विफल भएको खण्डमा अध्यक्ष राजकुमार पोखरेल सहित अन्य विशिष्ट पदाधिकारीहरुले पनि राजिनामा दिने श्रोतको दावी छ । बैठकका लागि अध्यक्ष पोखरेल भोली आईतबार झापाको विर्तामोडबाट काठमाण्डू आउँदैछन् ।
यता प्रदीप उदयको सम्बन्धमा भने उनले राजिनामा फिर्ता नलिने निश्चित रहेको श्रोत बताउँछ । श्रोत भन्छ, 'फिर्ता लिने भए चर्चाको लागि राजिनामाको फण्डा प्रदीप उदयलाई आवश्यक थिएन । पुरै चलचित्र संघका ब्याक बोनका रुपमा चिनिएका उदय पछिल्लो समय फिल्म निर्माण पनि सुस्ताउदै फिल्म वितरणमा आफ्नो समय दिईरहेका छन् । उदयको सम्बन्धमा श्रोत भन्छ, 'अबको एक हप्ता पश्चात थाहा हुन्छ उहाँको राजिनामा किन आयो ?' उदयले कात्तिक १९ गते देखि लागु हुने गरी महासचिव पदबाट राजिनामा दिएका हुन् ।

