Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

अतिफ असलमको कन्सर्टमा के-के भयो ? (भित्री रहस्य सहित)

अनुप भट्टराई, काठमाण्डौ, 2012/11/30

पाकिस्तानी पप गायक अतिफ असलमको कन्सर्ट हेर्न करिब दश हजारको उपस्थिती दशरथ रंगशालशामा देखिएको थियो । मिडिया सहित आफ्नो ब्याण्डको दश जना सदस्यका  साथ असलम दिउँसो २ बजेर ४० मिनेटमा नेपाल अवतरण भएका थिए भने बेलुकी पाँच बजेर ३५ मिनेट जाँदा स्टेजमा देखा परेका थिए ।

 

असलमले लगातार एक घण्टा ५० मिनेट सम्म १६ वटा गीत गाएका थिए । अपेक्षा गरिए भन्दा कम रमाईलो दिएका असलमको तीन वटा गीतमा वान्स मोरको आवाज आएको थियो । आयोजक ओडीसी ईन्टरटेन्मेन्टको अपेक्षा अनुरुप यो कन्सर्टमा महिलाहरुको उपस्थिती ज्यादा देखियो । कन्सर्ट हेर्न गर्भवती महिला देखि लिएर बालबालिकाको समेत उपस्थिती देखिएको थियो ।

२९ बर्षे ह्याण्डसम असलमको बाहिरी आवरणको सौन्दर्यपन कन्सर्ट जति देखियो त्यो भने स्टेज पछाडी केही फरक फिल्मीखबरले देख्यो । कन्सर्ट सकिएपछि पनि उनलाई दर्शकले घेर्न छाडेका थिएनन् । सोही क्रममा उनलाई महिला पुरुष दुवै फ्यानले अटोग्राफको लागि आग्रह गरिरहेका थिए । तर उनले आफ्ना ब्याण्डका सदस्यलाई पठाएर युवतीहरुलाई मात्र रिसेप्सन रुममा ल्याएर अटोग्राफ दिएका थिए ।

 

असलमको निर्देशनमा ढोकाबाट छिरिसकेका पुरुष फ्यानहरुलाई निकालिएको थियो भने केही युवतीहरुलाई हात समाएर रिसेप्सन तर्फ उनका साथीहरुले लगेका थिए । श्रोत अनुसार असलमलाई ३० हजार डलर (नेपाली रुपैया करिब २६ लाख) तिरेर ओडिसी ईन्टरटेन्मेन्टले नेपाल झिकाएको हो । उनको नेपाल बसाई २ दिनको हुनेछ । उनलाई आयोजकले लाजिम्पाट स्थित होटल र्‍याडिसनमा राखेको छ ।