Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

मनिषालाई पाठेघरको क्यान्सर

फिल्मीखबर, काठमाण्डौ, 2012/11/30

मनिषा कोईरालालाई पाठेघरको क्यान्सर भएको  पुष्टी भएको छ । तल्लो पेटमा अचानक समस्या आएपछि उनलाई गत आईतबार काठमाण्डू स्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले उनलाई मुम्बई स्थित जसलोक अस्पताल रिफर गरेको थियो । 

 
जसलोक अस्पतालमा उनी मंगलबार भर्ना भएकी थिईन् । उनलाई कुन किसिमको क्यान्सर भएको भन्ने बारे खुलाईएको थिएन तर पारिवारिक श्रोतलाई उद्रित गर्दै नागरिक अनलाईनले पाठेघर क्यान्सरका कारण मनिषा विरामी भएको उल्लेख गरेको छ ।
 
बिहिबार पाठेघरको अप्रेशन समेत सकिएका कारण मनिषाको स्वास्थ्यमा सुधार आएको पनि समाचारमा उल्लेख छ । तर पाठेघरको अप्रेशनका कारण उनको सन्तान उत्पादन हुने क्षमतामा ह्रास आएको छ या छैन त्यो भने अस्पताल र परिवारले खुलाएको छैन । मनिषालाई पहिल्यैदेखि पेटमा ट्युमर रहेको बताईएको छ ।