Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जीवन साथी खोज्न उत्साहित रेश

फिल्मीखबर, काठमाण्डौ, 2012/11/29

भोली शुक्रबारबाट देशभरका हलमा फिल्म 'मेरो जीवन साथी' लाग्दैछ । फिल्म रिलिज पूर्व कलाकार र प्राबिधिकलाई प्रोमोशनका लागि निकै चटारो पनि छ । यिनै व्यस्तताको सुचिमा नायक रेश मरहठ्ठा पनि छन् ।

 

कत्तिको एक्साईटेड हुनुहुन्छ भन्ने प्रश्नमा रेशले भने, 'लामो समय पछि पर्दामा देखिदै छु त्यसैले निकै एक्साईटेड छु ।' लभर व्याय भएर फिल्ममा देखिन लागेका रेशले केहि नर्भस समेत भएको बताए । उनले भने, 'जीवन साथी (आफूलाई माया गर्ने दर्शक) खोज्दै छु त्यसैले केहि नर्भस छु ।' युवानिर्देशक दिवाकर भट्टराईले पहिलो पटक निर्देशन गरेको भए पनि फिल्म दर्शकलाई मन पर्ने बनेको रेशले बताए ।


धेरै आशावादी नभए पनि एउटा सच्चा प्रेम कथानक फिल्म खेल्न पाएकोमा गर्व महसुस भने गरेको उनले बताए । त्यसैले पनि उनी दिल खोलेर फिल्मको पब्लिसिटीमा जुटिरहेका छन् । केहि दिन अगाडी मात्र पश्चिम नेपालमा प्रोमोशनका लागि पुगेका रेश समयले साथ दिए पूर्वी नेपाल पनि पुग्ने योजनामा छन् । फिल्ममा उनी रेखा थापा र रागिनी खड्गीको त्रिकोणात्मक प्रेममा देखिने छन् ।

 

फिल्ममा राजेश हमाल, शुष्मा कार्की, शिबन पोखरेल पनि मुख्य भुमिका छन् । सूर्य कार्कीले निर्माण गरेको यो फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ भने छायाँकन रामेश्वर कार्कीले गरेका हुन् । यो फिल्मसँगै भोली नै राजु गिरीले निर्देशन गरेको फिल्म चन्द्रावति रिलिज हुनेछ । यो फिल्ममा राजेश हमाल, आयुष रिजाल, शशि खड्का, युना उप्रेती लगायतको अभिनय हेर्न सकिनेछ । फिल्मलाई संजय बुलुनले निर्माण गरेका हुन् ।