माघ १९ को मितीमा रिलिज हुने तयारीमा रहेको मन्जरी फिल्मको रिलिज डेट हेरफेर भएको छ । निर्देशक गणेश देव पाण्डेले मध्य जाडोमा दर्शक फिल्म हलमा नजाने संकेत देखाउदै रिलिज डेट हेरफेर गर्नु परेको बताए । अब यो फिल्म फाल्गुन २५ गते रिलिज हुनेछ ।
टुका ईन्टरटेन्मेन्टले पहिलो प्रोजेक्टको रुपमा निर्माण गरेको सो फिल्मबाट गौरव पहारी र सुजता कोईराला रजतपटमा भित्रिदैछन् । यस्तै उक्त ईन्टरटेन्मेन्टले पन्ध« दिन भित्र नयाँ फिल्म निर्माणको घोषणा समेत गर्न लागेको गणेश देवले बताए । उनले भने, 'सेकेन्ड प्रोजेक्ट मैले डाईरेक्सन गर्दिन त्यसका लागि एक ईन्डियन डाईरेक्टरसंग कुरा भईरहेको छ जुन रहस्य हामी प्रेस मिटमा सार्वजनिक गर्दैछौ ।'
प्रदीप उदयको वितरण कम्पनी मार्फत अल नेपाल रिलिज हुने मन्जरी हाल पोष्ट-प्रोडक्सनको करिब अन्तिम चरणमा छ । रिलिज डेट हेरफेर भएपछि यो फिल्मको थिएटर संख्या पनि बढ्ने करिब निश्चित छ । फिल्मको कथा बुटवलमा घटेको एउटा सत्य घटनालाई उठाएर तयार गरिएको बताईएको छ ।

