Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत्र ९ मा भिजिलान्ते आउने !

फिल्मीखबर, काठमाण्डौ, 2012/11/28

निर्देशक दिपेन्द्र के खनालले नेपाली फिल्म उधोगका लागि राम्रै योगदान दिने प्रयास गर्दैछन् । अहिले सम्म कसैले गर्न नसकेको थ्री डी फिल्म उनले तयार गर्दैछन् । तर पनि नेपाली फिल्मकर्मीहरूले अझै नपत्याएको प्रति दिपेन्द्रको गुनासो छ ।

 

डबिङ सकेर हाल व्याकग्राउण्ड म्युजिकको काममा व्यस्त रहेका बेला फिल्मीखबरसँग कुरा गर्दै दिपेन्द्रले भने, 'नेपालीले त थ्रीडीमा फिल्म बनाउन नै सक्दैनन् जस्तो कुरा गर्छन् । टेक्निकल्ली केहि कमजोर देखिएला तर दर्शकका लागि राम्रो फिल्म बनाउने प्रयास गरेको छु ।' चैत्र ९ गते रिलिज गर्ने योजनाका साथ पोस्टको कामलाई अगाडी बढाई रहेका दिपेन्द्रले क्यामेरा देखि सफ्टवेर सबै आफैले किनेकाले बजेट बढ्न गएको बताउँदै लगानी सुरक्षित हुनेमा ढुक्क पनि छन् ।


 

हाल नेपालमा कुमारी र क्यू एफएक्स सेन्ट्रलमा मात्र थ्रीडी फिल्मको राम्रो प्रोजेक्सन रहेकाले केहि डर त उनमा नभएको हैन तर पनि उनले आफ्नो फिल्मको मार्केट देखिसकेको बताए । उनी भन्छन्, 'मैले मात्र जोश देखाएर त फिल्मको मार्केट बन्ने हैन । हलवालाहरूले पनि यो बिषयमा ध्यान दिने हो भने नेपालमा थ्रीडी फिल्मको मार्केट राम्रो देखेको छु ।' थ्रीडीमा सबै हलमा रिलिज गर्न सम्भव नभए टुडीमा भए पनि फिल्म रिलिज गर्ने उनको योजना छ । समस्याका बाबजुत पनि उनले सकेसम्म थ्रीडीमा नै फिल्म देखाउन प्रयत्न गर्ने बताए ।

 

निर्देशक खनालकै निर्माण रहेको सो फिल्ममा सुवास थापा, प्रियंका कार्की, राज घिमिरे, मेनुका प्रधान र दीपशिखा शाहीको मुख्य भुमिका रहेको छ । फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् ।