Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काभ्रेको बल्थलीमा घेरिए जीवन

फिल्मीखबर, काठमाण्डौ, 2012/11/24

कहिल्लै नसोचेको कुरा आफ्नो अगाडी आउँदा या देखापर्दा पक्कै आश्चर्य हुन्छ नै । यस्तै भयो शनिबार काभ्रेको ग्रामिण भेग बल्थलीका बासिन्दालाई जब उनीहरूले पर्दामा हेर्दै आएका नायक जीवन लुईटेललाई आफ्नो अगाडी पाए ।

 

ठूलो एकादशीको अवसरमा काभ्रेको बल्थली गाविसमा अवस्थित लड्केश्वर महादेवको दर्शन गर्न तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुन पुगेका नायक जीवनलाई देखेर त्यहाँका स्थानिय निकै रमाए । यति मात्र हैन उनी मेलामा फ्यानहरूका माझ घेरिए पनि । 'आज निकै खुसी लागेको छ यस्तो ठाउँमा पनि उहाँ आईदिनु भयो', स्थानिय बासिन्दाको एउटै स्वर थियो', यसले हाम्रो गाउँको पर्यटनलाई पनि सघाउ पुर्‍याउँनेछ ।'

 

दुई घण्टाको गाडी यात्रा र करिब आधा घण्टाको पैदल यात्रा पश्चात पहिलो पटक लड्केश्वर महादेवको दर्शन गर्न बल्थली पुगेका जीवनले पनि खुसी व्यक्त गर्दै भने, 'यो ठाउँमा कहिल्लै आउँछु जस्तो लागेको थिएन । यहाँ आएर एउटा नयाँ अनुभुती गर्ने मौका पाएँ ।' उनले स्थानियहरूले दिएको माया र सदभावले रोमान्चित बनाएको बताउँदै बल्थलीको सुन्दरतालाई दिल खोलेर बर्णन गर्न छुटाएनन् । भगवान प्रति निकै आस्था राख्ने जीवनले ठूलो एकादशीको अवसरमा भगवानको दर्शन गर्न पाउँदा फिल्मीखबरसँग खुसी साट्दै भने, 'यो मेला र भगवानको दर्शनले मेरो जीवनको एउटा उमंग थपेको छ ।'

 

यस्तै सोही स्थानमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा जीवनले आफ्ना दुई चर्चित फिल्म नाइ नभन्नु ल र अन्दाजको गीत गाएर मात्र सुनाएनन् कि अन्दाजको सिम्पल सिम्पल गीतमा स्थानियहरूसँग छमछमी नाचे । उनका फ्यानहरू पनि जीवनसँग नाच्न पाएकोमा खुसी देखिन्थे ।