Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेल्जियममा किन लाग्छ माया

फिल्मीखबर, काठमाण्डौ, 2012/11/23

 

नेपालबाट राम्रो प्रतिक्रिया सहित व्यवसायिक सफलता पाएको फिल्म 'किन लाग्छ माया' ले अर्न्तराष्ट्रिय बजारको प्रदर्शनलाई निरन्तरता दिईरहेको छ । यसै क्रममा यो फिल्म युरोपको बेल्जियममा प्रदर्शन हुने भएको छ ।
 
 
बेल्जियमका एनआरएन सुवास जोशीले ६ महिना सम्मका लागि दुई लाख रूपैयामा फिल्मको प्रदर्शन अधिकार लिएको निर्माता शक्तिबल्लभ घोराशैनीले जानकारी दिए । राम्रो फिल्म बनाएकाले बिदेशमा रहेका नेपालीहरूलाई पनि हेर्ने मौका दिन फिल्मको अर्न्तराष्ट्रिय प्रदर्शनलाई निरन्तरता दिईरहेको उनले बताए । फिल्मको प्रदर्शन अधिकार लिएका सुवास जोशीले अबदेखि निरन्तर राम्रा नेपाली फिल्मलाई बेल्जियममा प्रदर्शन गर्ने बताए ।
 
 
 
प्रेममा हुने रोमान्स, दुखान्त अनि कमेडी पनलाई प्रस्तुत गरिएको गोपालचन्द्र लामिछाने निर्देशित फिल्ममा निखिल उप्रेती, झरना थापा, राजबल्लभ कोईराला, गरिमा पन्त र शंकर लामिछानेको मुख्य भुमिका रहेको छ ।