Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

महानायक नेपाल फिर्ता

फिल्मीखबर, काठमाण्डौ, 2012/11/22

एक महिने अमेरिका भ्रमण पश्चात महानायक राजेश हमाल स्वदेश फर्किएका छन् । दशै र तिहार मनाउन एवं अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रममा रमाएर उनी हिजो बुधबार स्वदेश फर्किएका हुन् ।

 

विगत तीन महिना देखि कुनै पनि फिल्ममा काम नगरेका उनी भोलीदेखि राजु गिरीको रक्षा भन्ने फिल्म सुटिङमा व्यस्त हुनेछन् । यस्तै उनी मंसिर १२ गते पोखरामा आयोजना हुने बृहत शैक्षिक मेलामा सहभागी पनि हुदैछन् । जहाँ उनलाई शैक्षिक क्षेत्रमा नाम कमाएका अन्य तीन ब्यक्तिहरु माझ रथ परिक्रमा सहित अभिनन्दन एवं सम्मान गरिदैछ ।