Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.80/5.00)
Text size:-
+
-

Exclusive : कलिउड ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/11/15

भाईटिकाको अबसरमा आर्यन सिग्देल र प्रियंका कार्की लिड रोलमा रहेको कलिउड फिल्मको ट्रेलर रिलिज गरिएको छ । भिजे र्टन डाईरेक्टर नवराज आचार्यको यो पहिलो फिल्म नेपाली फिल्म उद्योगसंग सम्बन्धीत रहेको एक ईन्ट्रेष्टीङ प्याकेज हो जुन आम नेपाली फिल्म भन्दा केही फरक  रहेको निर्माण पक्षले दावी गर्दै आएको छ ।

 

चर्चित भिजे आचार्यले १४ बर्षे आफ्नो करिअरको सम्पूर्ण अनुभव यो फिल्म मेकिङ्गमा लगाएका छन् ।  तसर्थ पनि यो फिल्मको रिजल्ट उनको करिअरकै सर्वाधिक प्रतिक्षा गरिएको रिजल्ट अन्र्तगत परेको छ । उनले अमेरिकी ग्रिनकार्डलाई समेत पन्छाउदै कलिउड निर्देशनमा समय खर्चिएकाले फिल्म वजनदार रहेको स्वतः अनुमान लगाउन सकिन्छ ।

पौष १३ रिलिज डेट तोकिएको यो फिल्ममा नेपाली रजतपटका दुई नयाँ अनुहार बिष्णु कार्की र पायल थापा सेकेन्ड लिडमा छन् । पहिलो पटक मिडियामा सार्वजनिक गरिएको यो ट्रेलरमा पूर्व मिस नेपाल मलिना जोशीको केमियो डान्सलाई हाईलाईट गरिएको छ । जि वान क्रिएसनको ब्यानरमा टंक कार्कीले लगानी गरेको यो फिल्मका सिनेमाटोग्राफर हरि हुमागाई हुन् भने म्युजिसियन प्रदीप बास्तोला । फिल्मकी कोरियोग्राफर रेनाशा राई हुन् ।