प्रचारप्रसारलाई शुरू गर्दै फिल्म 'पद्धमिनी' युनिटले गीत रिलिज गरेको छ । फिल्मीखबर मार्फत सार्वजनिक गरिएको फिल्मको उक्त गीतमा नायिका निशा अधिकारीलाई नायक अनिल थापाले दिल तोडेर नजान आग्रह गरेका छन् ।
पौष २७ गते रिलिज डेट पाएको यो फिल्मको सार्वजनिक गीतमा चेतन सापकोटाको शब्द, संगीत तथा स्वर रहेको छ भने करियोग्राफी फिल्मकै निर्देशक राम प्यासीले गरेका हुन् । बसन्त कुमार श्रेष्ठ र छिरीङ दोर्जे लामाको संयुक्त लगानीमा निर्माण गरिएको सो फिल्ममा निशा र अनिलको साथमा सरिता गिरी र सुनिल दत्त पाण्डेको मुख्य अभिनय रहेको छ ।
फिल्मको कथा निर्माता छिरिङ र पटकथा तथा संवाद सहायक निर्देशक अनमोल शर्माले लेखेका हुन् । शिब ढकालले छायाँकन गरेको सो फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्द रहेको छ ।

