Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मंसिर २ देखि ह्युमन राईट्स फिल्म वीक

फिल्मीखबर, काठमाडौँ, 2012/11/11

मानव अधिकारको बिषयमा आधारित भएर तयार गरिएका फिल्महरुको प्रदर्शनी हुने भएको छ । ह्युमन राईट्स फिल्म वीक अन्र्तगत आउदो मंसिर २ देखि ९ सम्म सम्म राजधानीका विभिन्न पाँच स्थानमा उक्त प्रदर्शनी हुन लागेको हो ।

 

आईतबार एक प्रेस मिट गरी आयोजक ह्युमन राईट्स फिल्म फोकस नेपालले १७ अन्र्तराष्ट्रिय र ७ नेपाली फिल्महरु एक साता प्रदर्शनीमा हुनेछन् । प्रेस मिटमा दिईएको जानकारी अनुसार पहिलो दिनको  उद्घाटन कार्यक्रम काठमाण्डू  कालिकास्थान स्थित सर्वनाम थिएटरमा गरिने छ । पहिलो दिन महिला बेचबिखनको बिषयमा तयार गरिएको 'प्राईस अफ सेक्स' (यौनको मूल्य) नाम फिल्म प्रिमियर हुने छ ।

 

यस्तै पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार सर्वनाम थिएटर सहित ललितपुर पाटन क्षेत्रमा रहेका ईमेज आर्क, रातो बंगला तथा यलमाया केन्द्र र काठमाण्डू स्थित १९०५ लाई अन्य प्रदर्शन स्थल तोकिएको छ । यो फिल्म वीकलाई सफन पार्न निर्देशक आकाश अधिकारीको फिल्म निर्माण कम्पनी द् स्काई मुभिज, मोसन पिक्चर्स प्रोडक्सन र फ्लेम्स अफ होप नेपालले सहकार्य गरेको छ ।



कमर्सिल फिल्म मेकिङको बिजनेस कन्सेप्ट आफ्नो कम्पनीको रहे पनि सोसल ईसयूज बोकेका फिल्म निर्माण गर्ने आफ्नो ईच्छा र उद्देश्य भएकाले अन्र्तराष्ट्रिय सम्बन्ध विस्तरका लागि आफ्नो कम्पनीले ह्यूमन राईटस् फिल्म फोकस नेपालसंग साझेदारी गरेको निर्देशक अधिकारीले प्रेस मिटमा बताए ।