Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

जब तक है जानको पोष्टर नेपाली फिल्मको जस्तो

फिल्मीखबर, काठमाण्डौ, 2012/11/10

आउने हप्ताबाट रिलिज हुन लागेको शाहरुख खानको फिल्म जव तक है जानको पोष्टर नेपाली फिल्म मेरो बेष्ट फ्रेण्डसंग मिलेको छ । आठ महिना अघि सोसल साईटहरुमा रिलिज भएको मेरो बेष्ट फ्रेण्ड पोष्टर  मेकिङ स्टाईलसंग जव तक है जानको पोष्टर मिलेको हो ।

 

पोष्टर मिलेपछि निर्देशक प्रशन्न पौडेलले आश्चर्य ब्यक्त गर्दै भने, 'मलाई त थाहै थिएन तर धेरै साथीहरुले भनेपछि हेर्दा झण्डै उस्तै पो देखे मैले ।' यस्तै उनले कलिउडको कन्सेप्टसंग बलिउड प्रभावित भएको या नभएको त्यो छुट्याउने जिम्मा मडियालाई दिएका छन् । आउने माघ पहिलो साता देखि रिलिज हुन तयारीमा रहेको मेरो बेष्ट फ्रेण्डमा रेश मरहठ्ठा, दिवस उप्रेती र प्रियंका कार्की लिड रोलमा छन् ।

 

आठ महिना अघि सार्वजनिक गरिएको यो फिल्मको फष्टलुक पोष्टरमा रेशको छातिमा दिवस र प्रिंयकाको तस्बिर छ जुन पोष्टर मेकिङ शैलीसंग जव तक है जानको पोष्टर केही हदसम्म मिलेको देखिन्छ ।