Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हिम्मत-२` ले हिम्मत देखाउन सकेन

फिल्मीखबर, दोहा, 2012/11/10

निकै ठुलो आश र सम्भावना बोकेर कतारमा प्रदर्सनी गर्न लगिएको नेपाली फिल्म 'हिम्मत-२' लाई कतारका दर्शकहरुले भने त्यती रुची दिएनन । सिधा अर्थमा भन्दा कतारमा पनि यो फिल्म चल्न सकेन ।
 

आफ्नो निर्माण तथा निर्देशनमा बनेको फिल्म लिएर निर्देशक दिपक श्रेष्ठ केही साता अघी कतार आएका थिए । आँफैले फिल्मको राम्रो प्रचार गर्ने र राम्रो पैसा हात पार्ने ठुलो सपना बोकी आएका दिपकको हिम्मतले हिम्मत देखाउन भने सकेन । गत बर्ष राजधानी बाहिर रिलिज भएको सो फिल्मले आशलाग्दो व्यापार गर्न सकेको थिएन र सोही निराशा कतारको बिशेष शोमा पनि देखियो ।

 

विराज भट्ट र युना उप्रेतीको मुख्य अभिनय रहेको सो फिल्म नारी कथामा आधारित रहेको छ । दिनेश डिसी, बसुन्धरा भुसाल, विजया गिरी, सुशील पोखरेल लगायतका कलाकारको समेत अभिनय रहेको सो एक्सन प्रधान फिल्ममा आलोकश्रीको संगीत रहेको छ । राजधानी काठमाण्डौमा भने यो फिल्म रिलिज हुन बाँकी नै छ ।