Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्लोरमा गयो `डु यू लभ मी ?`

फिल्मीखबर, काठमाण्डौ, 2012/11/06

केही मगर भाषाको फिल्म निर्देशनको अनुभव बटुलेका निर्देशन सञ्जय काउछा मगरले मुलधारे फिल्म निर्देशनलाई अघि बढाएका छन् । मंगलबार बिहान अनामनगर स्थित नुतन स्टूडियो परिसरबाट उनले आफ्नो नयाँ  फिल्म 'डु यू लभ मी ?' को मुहुर्त गर्दै सुटिङ सुरु गरे ।


बनिरहेका आम नेपाली फिल्मको बजेट जस्तै यो फिल्मको रहने गरी काउछाले फिल्म निर्देशनमा हात हालेका हुन् । 'अब आफ्नो समुदाय लक्षित मात्र हैन सवैलाई लक्षित गरी काम देखाउ भन्ने सोचका साथ यो फिल्म निर्देशनमा हात हालेको हुँ', सुटिङ परिसरमा उनले भने । यो फिल्मलाई उद्योगमा नयाँ प्रोड्यूसरको ट्याग भिर्दै सुदीप रानाले निर्माण गर्दैछन्  । अर्न्तराष्ट्रिय प्रचलन अनुसार (डि.ओ.पी) डाईरेक्टर अफ फोटोग्रफीको जिम्मा पुरुषोत्तम प्रधानले लिएका छन् ।

 

प्रोडक्सन डिजाईनर बुद्धीलाल मगरका अनुसार केही महत्वपूर्ण सिन बाहेक अन्य समयमा पुरुको उपस्थिती सेटमा हुने छैन त्यसैले शेरबहादुर लामाले अन्य सिनलाई क्यामेरामा कैद गर्नेछन् । फिल्मको ८० प्रतिशत सुटिङ राजधानीमा हुनेछ भने बाँकी सिन्धुली, काभ्रे र रामेछाप एरियाको संगम स्थल नेपाल थोक एरियामा हुने बताईएको छ । फिल्ममा नयाँ कलाकार लक्ष्मण लक्स र सपना रोकाको अनस्क्रिन रोमान्स हुनेछ ।

 

यस्तै प्रमोद खड्का, कविता आले, पुष्कर गुरूङ र रमेश अधिकारी पनि फिल्मका केन्द्रिय कलाकार रहेको निर्माण पक्षले जनाएको छ । राजु भुजेलको संगीत रहेको यो फिल्ममा कोरियोग्राफीको जिम्मा भने कविराजले लिएका छन् । यो फिल्म बेजिला फिल्मस मिडिया प्रालिको ब्यानरमा बन्न लागेको हो ।