Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सेन्सरका कारण यस्तो बन्यो डाक्टर खाते

फिल्मीखबर, काठमाण्डौ, 2012/11/06

नेपाली फिल्ममा प्रयोग भएका अस्लिल संवाद तथा दृश्यहरूमा सेन्सर बोर्डले आपत्ति जनाउँदै आएको त हामीले पढ्दै र भोग्दै आएका छौं । तर, यहाँ एउटा यस्तो फिल्म पनि छ जसमा सेन्सर बोर्डले संवाद तथा दृश्यहरूमा आपत्ति नजनाई शिर्षकमा आपत्ति जनाएको छ ।


धेरै पहिले सेन्सरको लफडामा परेको फिल्म डाक्टर खातेको शिर्षकमा सेन्सर बोर्डले आपत्ति जनाएका कारण निर्माण युनिटले डाक्टर र खातेको विचमा तीन वटा थोप्लो राखेको बताएको छ । फिल्मीखबरसँग कुरा गर्दै फिल्मकी निर्माता रोशनी केसीले भनिन्, 'फिल्मका कुनै पनि संवाद तथा दृश्यहरूमा सेन्सर बोर्डले आपत्ति जनाएन तर शिर्षकमा नै आपत्ति जनाएपछि हामीले तीन वटा थोप्लो राखेर फिल्मलाई सेन्सरबाट मुक्ति दिएका हौं ।'


फिल्ममा सडक बालबालिकाले बोलेका अश्लिल शब्दमा भने सेन्सर बोर्डले रियालिस्टिक भएकाले आपत्ति नजनाएको रोशनीको भनाई थियो । शहरी परिवेशमा रहेका सडक बालबालिकाको जीवनशैलीमा आधारित रहेर निर्माण गरिएको यो फिल्मलाई रविराज अर्यालले लेखन तथा निर्देशन गरेका हुन् । आगामी फाल्गुन २५ गते रिलिज योजना बनाईएको यो फिल्ममा रोशनी केसी, सम्राट सापकोटा, जुगल आचार्य सहित सडक बालबालिकाहरूको अभिनय हेर्न सकिनेछ ।

 

काठमाण्डौ र पोखराको धिताल गाउँमा छायाँकन गरिएको यो फिल्मलाई केहि अर्न्तराष्ट्रिय फिल्म महोत्सवका लागि पनि पठाईएको निर्देशक अर्यालले बताए । यस्तै अर्न्तराष्ट्रिय बजारमा पनि यो फिल्म प्रदर्शन गर्ने तयारी गरेको निर्देशकको भनाई थियो ।