Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन जोशिए प्रदिप उदय ?

फिल्मीखबर, काठमाण्डौ, 2012/11/06

सुस्ताएको नेपाली फिल्मको व्यवसायले गर्दा अहिले निर्माताहरू सुस्त देखिन थालेका छन् । दिन प्रतिदिन फिल्मको व्यापारमा र्‍हास आएका कारण फिल्मकर्मीहरूमा जोस जाँगर मरेर गएको छ । तर यो अवस्थामा फिल्म निर्माण कम होला त झन फिल्मको अवस्था बिग्रला भन्ने डर देखेका निर्माता प्रदिप उदयले फिल्म निर्माण गर्ने बताएका छन् ।

 

केहि दिन अगाडी मात्र चलचित्र संघको महासचिव पदबाट राजिनामा दिएका उदयले माघ महिनाको अन्तिम साताबाट सुटिङ शुरू गर्ने गरि फिल्मको प्रि-प्रोडक्सनको कामलाई अगाडी बढाएको बताए । निकै समय अगाडी घोषणा गरेको फिल्म 'सुकुलगुण्डा' लाई उनले निर्माण गर्ने तयारी गरेका हुन् । फिल्मलाई दिनेश डिसीले निर्देशन गर्नेछन् ।

 

फिल्मका लागि प्रदिप कलाकारको खोजीमा पनि छन् । फिल्ममा अभिनय गर्ने प्रमुख पात्रहरू नयाँ नै हुने उनको भनाई छ । मायाप्रेम, द्धन्द र कमेडीको मिश्रण गरेर मसलेदार फिल्म निर्माण गर्न लागेको उनले बताए ।

 

पछिल्लो पटक पहिलो पहिलो माया, मालतीको भट्टी, हाम्रो माया जुनी जुनीलाई जस्ता फिल्म निर्माण गरेका प्रदिप उदय किन यसरी जोशिए जिज्ञासाको बिषय बनेको छ । जे होस् यो सुस्ताएको फिल्मी माहोल र पुराना फिल्म मेकरहरू सुस्ताएको बेलामा उदयको यो जोशले केहि गर्छ कि ?