Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

तिहार अघि नै फर्किए बिम्लेष

फिल्मीखबर, काठमाण्डौ, 2012/11/06

दशै तिहार सकेर मात्र स्वदेश फर्किने तयारीका साथ तीन महिना अघि अष्ट्रेलिया उडेका हिरो बिम्लेष अधिकारी तिहार अघि नै स्वदेश फर्किएका छन् । उनी हिजो सोमबार नेपाल फर्किएका हुन् ।

 

मुटु फिल्मको सुटिङ सकिनासाथ अष्ट्रेलिया पुगेका बिम्लेषको हातमा तत्तकाल कुनै प्रोजेक्ट छैन त्यसैले यो तिहार सम्म उनी पुरै फ्रि हुने निश्चित छ । 'एउटा फेस्टिबल उतै मनाईयो र अर्को यता मनाऊँ भन्ने सोचका साथ म फर्किएको हुँ', बिम्लेषले फिल्मीखबरसंगको कुराकानीमा भने । उनी यो तिहार मनाउन आउने शुक्रबार गृहनगर बिराटनगर जादैछन् र त्यस पछि मात्र उनको फिल्मी सक्रियाता बढ्ने छ । अष्ट्रेलियामा उनको दाई भाउजु रहेकाले उनले यो पटकको दशै उतै मनाएका हुन् ।


'एउटा प्रोजेक्टको कुरा भईरहेको छ त्यसैले तिहार पछि त्यसमा विजी हुन्छु होला', उनले भने । पहिलो पटक एउटा विकशित देश पुगेर फर्किदा आम नेपालीको जस्तै उनको मनमा धेरै प्रश्न पनि उठे । उनले भने, 'त्यहाँ एउटा सिस्टम हुँदो रहेछ हरेक कुराको तर यहाँ छैन ।' सुरुमा नेपाल ल्याण्ड हुँदा अलि अनौठो र कन्फ्यूज जस्तो लाग्यो रे उनलाई तर आफ्नो माटो भनेको आफ्नै रहेको भन्दै ती सवै कन्फ्यूज हट्न धेरै बेर नलागेको पनि उनले बताए ।

 

बिम्लेषले अष्ट्रेलियाको संरचना जस्तै यहाँको संरचना कहिले होला भन्ने चिन्तन पनि गरेका छन् । विशेषत उनलाई अष्ट्रेलिया विभिन्न कारणले विशेष लाग्यो रे तर त्यस मध्ये तीन महिना बस्दा मुस्किलले तीन पटक सडकमा गाडीको लाउड हर्न बजेको सुन्दा चाहि सवै भन्दा धेरै अचम्म लाग्यो रे उनलाई ।