सोमबार साँझ सात बजेको समयमा ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । संयूक्त राष्ट्रसंघको ब्युरो अफ क्राईसेस प्रिभेन्स २००४ को रिपोर्ट अनुसार विश्वका १ सय ९८ मुलुक मध्ये नेपाल भकम्पीय जोखिमका हिसावले ११ औँ स्थानमा पर्दछ । तसर्थ भूकम्पीय हिसावले यो जोखिम देशमा जन्मिएका फिल्मकर्मीहरुलाई सोमबार साँझको भूकम्पको महसुस कसरी गर्नुभयो भनी फिल्मखबरकर्मी अनुप भट्टराईले सोधेका थिए ।
आर्यन सिग्देल (नायक) : म र मेरो फिल्म महसुसको प्रोड्यसर कल्याण घिमिरे एयरपोर्ट आसपासमा रहेकाले हामीले भूकम्प गएको महसुस गरेनौं । मलाई त मम्मीले भनेपछि मात्र थाहा भयो भूकम्प गएछ भनेर । त्यसैले आजकोभूकम्प सप्राईज जस्तो भो मलाई । २०४५ सालमा गएको त्यो ठूलो भूकम्पको याद अझै आउछ त्यतिबेला हामी सवैजना भागेर बारीमा गएर बसेका थियौं । यस्तै गत बर्षको भूकम्प सम्झदा पनि मुटु चिसो हुन्छ ।

केकी अधिकारी (नायिका) : मैले भूकम्प गएको महसुस मज्जाले गरें । भूकम्प जाँदा म बेडमा बसेर नेट चलाईरहेको थिएँ । सुरुमा त बाटोमा कुदेको गाडीको कम्पन जस्तो लाग्यो तर पछि थाहा भयो भूकम्प रहेछ भनेर । सानोमा भूकम्पको कुरा धेरै पटक सुनेको थिएँ । लाष्ट ईयर पनि भूकम्पको गएको थियो तर त्यो बेलाको भूकम्प न्यूजमा मात्र थाहा पाएँ । मेरो साईडको दराज हल्लिएको अहिले पनि सझिरहेको छु । आफ्नै आँखाले भूकम्प को असरलाई प्रत्यक्ष नदेखेकाले मलाई अलि अलि मज्जा पनि फिल भयो । यो पटकको भूकम्प सम्भवत मैले फष्ट टाईम मज्जाले फिल गरेको हुँ ।

रोज राणा (निर्माता/नायक) : भूकम्प जाँदा म एउटा मिटिङमा थिएँ । कफीको कप हल्लियो त्यतिकैमा भुईचालो- भुईचालो भन्दै हामी साथीहरु कराउन थाल्यौं तर भूकम्प गईसकेछ । मैले लाईफमा धेरै पटक भूकम्प को महसुस गरेको छु तर नविर्सने गरीको भूकम्पको याद सायद ०५८ साल तिरको होला । किन कि रातिको समयमा गएको त्यो भूकम्प सम्झेर अझै लाज लाग्छ । कलेज पढ्ने समय गर्मीको सिजन भएकाले अन्डरगार्मेन्ट मात्र लगाएर सुतेको थिएँ तर भूकम्प को हल्लाले बाहिर निस्कदा नाङगै थिएँ म र एउटा साथीले टाबेल दिंदा मात्र मलाई थाहा भयो कि अन्डरगार्मेन्टमा मात्र थिएँ । त्यसैले सायद मलाई अन्य चिजबाट कहिले डर भएन तर यो भूकम्प देखि चाहि किन किन डर र लाज लाग्छ ।

प्रशन्न पौडेल (निर्देशक) : खास गरी भन्ने हो भने आज मैले भूकम्प आएको थाहै पाएन । यध्यपी ११ बजे तिर दोहोर्याएर भूकम्प जान्छ भन्ने फेरी न्यूज सुनेकाले सुतेको छैन । मृत्यु देखि डर लाग्दैन भनेर धेरैले भन्छन् तर यथार्थमा जव पर्छ नि त्यस पछि मान्छे डर पोक हुन्छ । त्यसैले भूकम्प गएको थाहा पाए पछि मन चिसो हुदो रहेछ । २०४५ सालमा गएको भूकम्प को याद अझै ताजा छ मेरो दिमागमा त्यतिबेला हाम्रो घर भत्किएर डेढ महिना सम्म टेन्टको बास भएको थिएँ । तर आज चाहि म ल्यापटप चलाएर बसिरहेको थिएँ त्यतिकैमा कुकुर भुक्यो अनि के भयो भनेर उसलाई खाना पनि दिए तर उसले लात्तीले खाना फ्याकिदियो । त्यतिकैमा साथीहरुको फोन आउदा पो थाहा पाएँ भूकम्प गएछ भनेर ।

योगेन्द्र श्रेष्ठ (द्धन्दनिर्देशक) : म त बाईक चलाईरहेको थिएँ त्यतिकैमा मेरो वाईफले फोन गर्दा पो थाहा पाएँ भूकम्प गएछ भनेर । तर २०४५ सालमा गएको भुकम्प चाहि मलाई पुरै याद छ । त्यतिबेला म उठेर कौसीमा पुग्नासाथ भूकम्प गएको थियो । अनि अस्तिको पटक गएको भुईचालो पनि याद छ मलाई । सानो छँदा भूकम्प देखि डर लाग्थ्यो मलाई तर अहिले भूकम्प बाट बच्ने तरिका थाहा भएकाले त्यस्तो डर लाग्दैन ।
.jpg)
भूकम्प आयो,अधरको प्यास टुटाएर गयो !
देखेथें सपना काखमा रातभर निदाउँला भनी,
भूकम्प आयो,पलभरमै सपना लुटाएर गयो !
बिहान उठ्दा उनकै अँगालोमा भेटिने यो मन,
भूकम्प आयो,साँझ नपर्दै निदरी उठाएर गयो !

