Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लण्डनमा रेजिनालाई भ्याई नभ्याई

कुशल श्रेष्ठ, लण्डन, 2012/11/05

नायिका रेजिना उप्रेती बेलायत भ्रमणमा रहेको समाचार बाहिर आउनासाथ उनलाई कार्यक्रममा सहभागी गराउन खोज्ने संस्थाहरुको लामै लाइन लागेको छ । दशैं तिहारको मौसम भएर होला यतिखेर बेलायतमा थुपै कार्यक्रमहरु भइरहेको छ ।

 

यसै साता मात्र नेपाल फोरम बेलायतले विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । साउथ इष्ट लण्डनमा छरिएर रहेका सम्पुर्ण नेपालीहरुलाई एकै स्थानमा भेला गराई शुभकामना आदान प्रदान गर्ने उदेश्यले आयोजना गरिएको सो कार्यक्रममा रेजिनाले नृत्य प्रस्तुत गरेकी थिइन् । बेलायतको चिसिदै गरेको मौसममा आइटम गीत उध्रेको चोलीमा नृत्य गर्दा कार्यक्रम हल भित्रको माहोल भने तातिएको थियो ।



कार्यक्रममा संस्थाका अध्यक्ष डा. राम कुमार अधिकारी र कार्यक्रम संयोजक विनोद ज्ञवालीद्वारा खादा एवं प्रमाण पत्रले संयुक्त रुपमा नायिका रेजिनालाई सम्मान गरिएको थियो । विभिन्न संचार माध्यममा बेलायत बस्दै आएका ब्वाइफ्रेण्ड सुरज पोखरेललाई भेट्न आएको समचार बाहिरिएको भएता पनि कार्यक्रममा बोल्दै आफुले निर्माण गरेको पहिलो फिल्म वरदानको प्रिमियर गर्न बेलायत आएको र आगामी नोभेम्बर २५ र २६ तारिखका दिन लण्डनमा प्रिमियर गरिने रेजिनाले बताइन् ।



सोभित बस्नेतले निर्देशन गरेको यो फिल्मलाई नेपालका थुप्रै स्थानमा विभिन्न सामाजिक कार्यका लागि च्यारिटी समेत गरिएको र फिल्मलाई यूरोप लागायत अन्य देशको प्रदर्शन पश्चात नेपालमा रिलिज गरिने जानकारी रेजिनाले दिइन् । फिल्मको लण्डन प्रिमियरमा प्रस्तुतकर्ता तथा फिल्मकी मुख्य पात्र रेजिनाले आफै उपस्थित भई दर्शकहरुको प्रतिक्रिया लिने बताइन् । रेजिनाको साथमा फिल्ममा राजेश हमाल, करिष्मा मानन्धर, मुकेश ढकाल लगायतको मुख्य अभिनय रहेको छ ।