Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उज्जवल घिमिरेको दशैं थाईल्याण्डमा

फिल्मीखबर, काठमाण्डौ, 2012/10/22

यो पटक बडादशैको टिका उनको निधारमा पर्ने छैन  तर थाईल्याण्डमा निर्देशक उज्जव घिमिरेले यस पटकको  दशैलाई भ्याकेसनको रुपमा मनाउने भएका छन् । 

 
सफल निर्देशकको ट्याग पाएका उनले  नयाँ फिल्म निर्माण गर्दैछन् जसको लोकेशन हन्टलाई  एउटा बहाना बनाउदै उनी परिवारका साथ विदेश भ्रमणमा निस्किए  छन् । छोरा आयुषलाई हिरो बनाउने तयारीमा समेत रहेका उज्जवलको साथमा आयुष सहित उनको टेलिभिजन जर्नलिष्ट श्रीमती मनीषा पनि संगै रहेका  छन् ।  उनि बिहान ११ बजेको फ्लाईट बाट  थाईल्याण्डका लागि उडेका हुन् । 
 
'हामी थाईल्याण्ड हुदै मकाउ, हङकङ सिङ्गापुर र  मलेसिया पुगेर नेपाल फर्किनेछौ ।'  उड्नु अघि उज्जवलले भने ।  'गत बर्षको हिट फिल्महरुको लिष्टमा उज्जवलको फिल्म अन्दाज परेको थियो जस लगत्तै फार मुभिज अन्र्तगतबाट मापसे भन्ने फिल्म निर्माण गर्ने घोषणा उनले गरेका थिए ।
 
तर उज्जवलले मासपे निर्माण तत्कालको लागि स्थगित भएको भन्दै नयाँ फिल्मको लागि यो यात्रामा लोकेशन फाईनल पनि  हुने जानकारी दिए । बडा दशैंको  दुई दिन अघि विभिन्न मुलुक भ्रमणका लागि निस्कन लागेका उनले  नेपाल फर्कना    साथ फिल्म निर्माणको अफिसिल घोषणा गर्ने जानकारी दिएका छन् । 
Most Visited News (monthly)