Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हमेशा युनिटलाई दशैं लाग्यो

फिल्मीखबर, काठमाण्डौ, 2012/10/20

दशैं सम्मका लागि हमेशा युनिटको सुटिङ स्थगित गरिएको छ । कोजाग्रत पूर्णिमा सम्मका लागि स्थगित गरिएको उक्त फिल्मको सुटिङ ५० प्रतिशत सकिएको निर्देशक सबिर श्रेष्ठले जानकारी दिएका छन् ।


सविरका अनुसार कात्तिक १४ देखि काठमाण्डौका केही सिन खिच्दै युनिट पोखरा र जोमसोम सम्म पुग्ने छ । रेखा थापाको साथमा सविन श्रेष्ठ तथा नयाँ हिरो नरेन खड्का सो फिल्मको प्रमुख कलाकार हुन् । फिल्मलाई छबिराज प्रोडक्सन र रेखा फिल्म्सको संयुक्त प्रस्तुतीमा छबिराज ओझाले निर्माण गरिरहेका छन् ।
 

हमेशामा विनिता बराल पनि अनुबन्ध भएको खबर बाहिरिएको थियो तर यो खबरलाई भने निर्देशक श्रेष्ठले गलत भनेका छन् । के म तिम्रो साथी बन्न सक्छुमा अनुबन्ध भएपछि पुनः निकालिएको स्क्याण्डलका कारण सविर र विनिताको सम्बन्ध ३६ को आँकडा बराबर छ तसर्थ पनि उनले विनितालाई आफ्नो फिल्ममा अनुबन्धित गराउने सम्भावन न्यून देखिन्छ ।

Most Visited News (monthly)