Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेफ ल्याण्डिङ तस्बिरहरु सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/10/20

मलेसियन प्रोजेक्ट अर्न्तगतको नेपाली फिल्म 'सेफ ल्याण्डिङ' का केही तस्बिरहरु सार्वजनिक गरिएको छ । हाल मलेसियामा पोष्ट-प्रोडक्सन भईरहेको सो फिल्मको २३ दिने नेपाल सुटिङका क्रममा कुनै पनि फोटो लिक गरिएको थिएन । 'अब केही महिना पश्चात रिलिजमा जाने निर्णय भएकाले प्रोमोशनको पहिलो स्टेप स्वरुप फोटोहरु रिलिज गरेका हौ', अष्ट्रेलियन एनआरएन निर्माता बसन्त भण्डारीले अष्ट्रेलियाबाट जानकारी दिए ।


भण्डारीले प्रोमोशन स्वरुप सेफ ल्याण्डिङको फेसबुक फ्यान पेजलाई आफ्नो कम्पनीले रिलिज गरेको पनि जनाएका छन् । नो वरिज फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको ग्याङस्टार फिल्मको एक आईटम गीत खिच्न भने बाँकी रहेको छ जसको लागि सो कम्पनीले सुटिङ फोटो रिलिज संगै आईटम गर्ल खोजी पनि गरेको छ । आईटम गर्ल खोजीको बिषयमा निर्माता भण्डारीले उत्कृष्ट डान्स गर्न सक्ने जो कोही ईच्छुक ब्यक्तिले ईमेल ठेगाना [email protected] आफ्ना भिजुअल फुटेज तथा फोटोहरु पठाउन सक्ने बताएका छन् । 

 

फिल्ममा झरना बज्राचार्य, नीरज बराल, दीपशिखा शाही, सुमिना घिमिरे तथा सुशिल पाण्डे लिड रोलमा छन् । यो फिल्मलाई मलेसियन डाईरेक्टर सन्दीप जो सेपले निर्देशन गरेका हुन् । थप तस्बिरहरु हेर्न फेसबुक फ्यानपेज लिकं क्लिक गर्नुस https://www.facebook.com/SafeLandingTheMovie

 

 

 

 

 

 

 

 

Most Visited News (monthly)