Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोक्सीको च्यारिटी आज हुँदै

विष्णु शाही, काठमाण्डौ, 2012/10/18

बालकृष्ण समको पहिलो एकाङ्की नाटकमा आधारित फिल्म 'बोक्सी' को च्यारिटी आज बिहिबार वेलुकी ६ वजे नेपालगंजको वागेश्वरी चलचित्र भवनमा हुने भएको छ । समाजमा रहेको अन्धविस्वास बोक्सी प्रथालाई अन्त्य गर्न फिल्मी क्षेत्रबाट गरिएको पहिलो प्रयास साथै वाल मनोविज्ञान डर भ्रमलाई अन्त्य गर्न निर्माण गरिएको फिल्म बोक्सीलाई शक्तिवल्लभ घोरासैनीले निर्माण गरेका हुन् । 

 

निर्माता घोरासैनीले फिल्म 'बोक्सी' को च्यारिटी गर्नुको मुख्य उद्देश्य नै मोफसलमा रहेर पनि नेपाली फिल्मको प्रमोसनमा ठुलो भुमिका खेल्दै आएको बाँके चलचित्र पत्रकार संघलाई आर्थिक रुपमा सहयोग गर्नु रहेको वताए । च्यारिटी गर्नका लागी नेपालगंज आइपुगेका घोरासैनीले बोक्सी कुनै काल्पनिक कथा नभएर नेपालका विभिन्न स्थानमा बोक्सीको आरोपमा हत्या समाजबाट निकाला हुने साथै घरपरिवारबाट अपहेलित हुने जस्ता समाजमा घटेको यथार्थ कथामा आधारित रहेको वताउदै उनले च्यारिटी सोबाट उठेको केही रकम बाँके चलचित्र पत्रकार संघलाई दिने वताए ।


पपुलर मल्टिमिडियाको व्यानरमा निर्मित फिल्म बोक्सीमा विकाश गुरुङको संगित, अविनाश श्रेष्ठ र शक्तिवल्लभ घोरासैनिको कथा, गोपालचन्द्र लामिछानेको निर्देशन रहेको छ । चलचित्र विकाश बोर्डबाट २०६६ सालमा विशेष सिनेमाको अवार्ड पाएको बोक्सीमा शंकर लामिछाने, शुभेच्छा थापा, शक्तिवल्लभ घोरासैनी र वाल कलाकारमा राज आचार्यको मुख्य भुमिका रहेको छ ।

Most Visited News (monthly)