Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ह्याप्पी बर्थ डे नन्दिता !

फिल्मीखबर, काठमाण्डौ, 2012/10/15

पछिल्लो समय फिल्म अभिनयमा सुस्त देखिएकी हिरोइन  नन्दिता केसीले आज आफ्नो  बर्थ डे मनाउँदै छिन् । जन्मदिनको कुनै बिशेष कार्यक्रम नराखे पनि घरपरिवारसँग उनले आफ्नो  बर्थ डे  सेलिब्रेट गर्नेछिन् ।

 

राति अबेरसम्म म्युजिक भिडियोको सुटिङमा व्यस्त भएकाले बिहान अबेर उठेकी नन्दिताले घरमा पुजाआज गरेर दिउँसो भगवानको दर्शन गर्न मन्दिर जाने भएकी छिन् । आफ्नो करियरको सफलताका लागि उनले  बर्थ डेको अवसरमा भगवानसँग प्राथना गर्नेछिन् । ' बर्थ डेमा मैले अहिलेसम्म त्यस्तो बिशेष कार्यक्रम गरेकी छैन अब त झन् गरिन्न होला', नन्दिताले भनिन्, 'मन्दिर गएर भगवानसँग आशिर्बाद थाप्छु अनि घरमा नै परिवरसँग रमाईलो गर्छु ।' उनले भनेकी छिन् 
 

इन्द्रेणी फिल्मबाट रजतपटमा पाईला टेकेकी नन्दिता अर्घाखाँची जिल्लाको नरपानीगाँउमा आमा चेतना केसीको कोखबाट जन्मिएकी हुन् । उनका पिता भिमबहादुर केसी हुन् । फिल्म भन्दा म्युजिक भिडियो, विज्ञापन तथा बैदेशिक कार्यक्रममा बढि व्यस्त रहेकी नन्दितालाई फिल्मीखबर डटकमको तर्फबाट सफलाताको कामना व्यक्त गर्दै जन्मदिनको हार्दिक शुभकामना ।

Most Visited News (monthly)