Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेन्द्र उप्रेती फिल्म निर्देशनबाट टाढिदै

फिल्मीखबर, काठमाण्डौ, 2012/10/11

एक महिना अघि रिलिज भएको फिल्म बडिगार्डले सोचे अनुरुपको ब्यापार नगरेपछि निर्देशक राजेन्द्र उप्रेती यो पेशाबाट अलग्गिने सोचाईमा पुगेका छन् ।

 
यो पेशाबाट पूर्ण रुपमा अलग्गिने सोचाईका साथ उनले एक हप्ता अघि चलचित्र निर्देशक समाजको महासचिव पद समेत त्याग्ने मुड बनाउदै राजिनामा पत्र पनि तयार गरेका  थिए । तर, विमल पौडेलको नेतृत्व असक्षम देखिने डरले उनको राजिनामालाई तत्तकाल स्वीकृत हुन दिईएन र दबाब दिदै राजिनामा पत्र पुनः उनकै हातमा फर्काएको थियो । 
 
श्रोत अनुसार उप्रेती पूर्ण रुपमा फ्रष्टेड भएकाले उनी यो पेशाबाट अलग्गिन चाहन्छन् । उनको यो पिडालाई भुलाउन निर्देशक समाजले तीन महिनाको विदा दिदै राजिनामा भने अस्वीकृत गरेको श्रोत बताउछ । यस्तै निर्देशक उप्रेतीलाई राजिनामाको बिषयमा फिल्मीखबरले प्रश्न गर्दा उनले पारिवारिक कारण जनाउदै राजिनामा दिन लागेको तर पछि तीन महिनाको विदा लिएर फर्किएको बताए  ।
 
उप्रेतीले राजिनामा नै दिनु पर्ने पारिवारिक कारण भने खुलाउन चाहेनन् तर श्रोत भन्छ', उनी तरल पदार्थ सम्बन्धी ब्यावसायमा लाग्नुपर्ने मुड कस्दै यो पेशाबाट अलग्गिन चाहेका हुन् ।'