Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सो सिम्पल` लाई यू सर्टिफिकेट

फिल्मीखबर, काठमाण्डौ, 2012/10/10

कार्तिक ३ गते रिलिज हुने भनिएको फिल्म 'सो सिम्पल' लाई सेन्सर बोर्डले सबै वर्गका दर्शकले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधबार बिहान सेन्सर बोर्डले कुनै सिनमा आपत्ति नजनाई यू सर्टिफिकेट दिएको हो ।

 

केशब भट्टराईले निर्माण तथा शिब रेग्मीको निर्देशनमा बनेको फिल्म 'सो सिम्पल' मा प्रमोद भारद्धाज, भावना रेग्मी, राजवल्लभ कोइराला, श्वेता भट्टराई, अशोक शर्मा, सुशिल पोखरेल, विनोद भट्टराई, रश्मी भट्ट तथा शिशिर भण्डारीको अभिनय रहेको छ ।

 

कोटकी कालिका देवी फिल्मसको ब्यानरमा नीता भट्टराई तथा मुकुन्द फुयाल समेत निर्माता रहेको सो फिल्ममा प्रदिप भारद्धाजको कथा, पटकथा तथा संवाद, ताराप्रकाश लिम्बुको संगीत, हिमाल केसीको द्धन्दनिर्देशन, कविराज गहतराजको नृत्यनिर्देशन रहेको छ । फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् ।

Most Visited News (monthly)