Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(42 votes, avg 4.90/5.00)
Text size:-
+
-

अमेरिका तर्फ उड्दै राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2012/10/09

दशैं र तिहार मनाउन महानायक राजेश हमाल आज मंगलबार अमेरिका प्रस्थान गर्दैछन् । आज राती कतार एयरवेजबाट एक्लै अमेरिका जाने हमालले फिल्मीखबरलाई बताए ।

 

अमेरिकामा रहेका अभिनेता सरोज खनाल सहित केहि कलाकारहरूले सञ्चालन गरेको युनाईटेड नेपाल नामक संस्थाको निमन्त्रणामा हमाल अमेरिका जान लागेका हुन् । युनाईटेड नेपालले तीन स्थानमा गर्न लागेको बिशेष साँस्कृतिक कार्यक्रममा हमाल बिशेष अतिथीको रूपमा सहभागी भएर अमेरिकामा रहेका नेपालीहरूसँग दशैं सेलिब्रेट गर्नेछन् । उनको पहिलो कार्यक्रम वासिङ्टन डिसीमा हुने छ भने त्यसपश्चात टेक्सास र एट्लान्टामा हुनेछ ।

 

यस्तै भुटानी नेपाली एशोसियसनले पनि आयोजना गर्ने एक बिशेष कार्यक्रममा हमालले सहभागीता जनाउने भएका छन् । यस्तै कोलोराडो, सिकागो, न्यूयोर्क लगायतका स्थानमा हुने कार्यक्रममा पनि उनले सहभागिता जनाउनेछन् । उनी भन्छन्, 'यो कार्यक्रमलाई भव्य तरिकाले मनाउन लागिएको छ त्यसैले यसपालीको अमेरिका भ्रमण अलि बिशेष हुनेछ ।' अमेरिकामा हुने यि बिबिध कार्यक्रमसँगै हमालले सो स्थानमा रहेका नेपाली कलाकारहरू सरोज खनाल, गौरी मल्ल, करिष्मा मानन्धर, सारंगा श्रेष्ठ, रमेश उप्रेती लगायतका कलाकारलाई भेट्ने र उनीहरूसँगै कार्यक्रममा सहभागी हुने बताए ।

 

यस्तै हमालले अमेरिकामा नै बस्दै आएका आफ्नी एक दिदी र एक बहिनीसँग यसपालीको भाईटिका मनाउने बताए । उनले भने, 'कार्यक्रम नपरेको भए तिहारमा टिका लगाउन म अमेरिका जाने नै थिएँ तर कार्यक्रमका लागि निमन्त्रणा पनि आयो त्यसैले एक पन्थ दुई काज जस्तै भएको छ ।' हमाल प्राय दशैं या तिहारमा छुट्टी मनाउन बिदेश भ्रमण गर्ने गर्दछन् ।

Most Visited News (monthly)