Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन नयाँ निर्देशक मैदानमा उत्रदै

फिल्मीखबर, काठमाण्डौ, 2012/10/04

भोली शुक्रबार तीन नयाँ निर्देशक प्रचण्डमान श्रेष्ठ, साम्तेन भुटिया र डा. घनश्याम खतिवडा मौदानमा उत्रदै छन् । यानकी यि तीन निर्देशकका फिल्म भोलीबाट देशभरका पर्दामा लाग्दैछन् जसले गर्दा यिनीहरूका लागि यो एउटा परिक्षा नै हो ।

 

 

फस्टलभ जस्तो ब्लकबस्टर फिल्मको कथा लेखेका युवा प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको भिसा गर्ल अहिले बहुप्रतिक्षित फिल्म हो । बिशेषगरी युवाहरू माझ यो फिल्म लोकप्रिय छ र धेरैले यो फिल्मबाट राम्रै आश समेत गरेका छन् । सिजी इन्टरटेन्मेन्ट प्रालीको निर्माणमा बनेको सो फिल्मको कथा पनि निर्देशक श्रेष्ठले नै लेखेका हुन् । फिल्ममा ऋचा शर्मा, बिनय श्रेष्ठ, कर्मा, रेमनदास श्रेष्ठ, रिमा विश्वकर्मा, सलोनी राजभण्डारी र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ ।

 

 


यस्तै सिकिममा रहेर केहि सर्ट फिल्मको निर्देशन गरेका साम्तेन भुटियाको 'लेटर' पहिलो फिल्म हो । प्लाईङ फिस फिल्म्सको व्यानरमा अनुप ठटालले निर्माण गरेको फिल्म लेटरमा उत्तम प्रधान, बिशाल चाम्लिङ, एनी जिम्बा, रिती राई, अनुप ठटाल, अरूण रेग्मीको मुख्य भुमिका रहेको छ । सत्यस्वरूपको संगीत रहेको लेटरलाई सागर प्रधानले खिचेका हुन् । यो फिल्मबाट पनि उधोगले राम्रै आश गरेको छ ।
 

 

यता ओस्कार फिल्म कलेजमा प्राध्यापकको अनुभव बटुलेका डा घनश्याम खतिवडाले पहिलो पटक निर्देशन गरेको जय होस् फिल्म पनि भोली शुक्रबार रिलिज हुँदैछ । फर्मुला श्रेणीको यो फिल्ममा राजेश हमाल, बिराज भट्ट, सुमिना घिमिरे, कृष्ण भट्ट, सौजन्य सुब्बा लगायतको अभिनय रहेको छ । धनि र गरिब बिचको सम्बधलाई प्रस्तुत गर्न खोजिएको सो फिल्ममा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ भने छायाँकन पुरूषोत्तम प्रधानको रहेको छ ।

 

 

यि तीन फिल्म बाहेक भोली शुक्रबार राजधानी बाहिर प्रदर्शन भईसकेको फिल्म हेल्लो प्रकृति राजधानीका हलमा लाग्ने छ । प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'हेल्लो प्रकृति' लाई सुनिल पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा सुमिना घिमिरे, अनिल थापा, शुसिल पोख्ररेल र बिजय देउजाको मुख्य अभिनय रहेको छ । शिबम अधिकारीको लेखन, भुपेन्द्र रायमाझीको संगीत तथा रामशरण उप्रेतीको छायाँकन रहेको  फिल्मलाई प्रबिन खत्री, श्याम थापा र प्रबिण भट्टराईले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

 

Most Visited News (monthly)