Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हमेशा सुटिङ सुरु

फिल्मीखबर, काठमाण्डौ, 2012/09/27

हरेक बर्ष हिट फिल्म दिदै आएका छविराज ओझाले आजदेखि नयाँ फिल्म निर्माण सुरु गरेका छन् । चार महिना बढीको प्रि-प्रोडक्सन पश्चात आजदेखि उनी फ्लोरमा गएका हुन् ।

 

रेखा थापासंगको डिभोर्स कन्ट्रोभर्सी कारण निर्धारित समयमा सुटिङ गर्न नसकेका उनले ५० दिनको तालिका बनाउदै आजदेखि नयाँ फिल्मको सुटिङ सुरु गरेका हुन् । रेखा फिल्मसको पाँचौ प्रोजेक्ट कस्ले चोर्यो मेरो मनका निर्देशक सबिर श्रेष्ठलाई छविले यो फिल्म निर्देशनको जिम्मा दिएका छन् ।

 
हालको अवस्थामा ६० लाखको बजेट भनिएको उक्त फिल्म नयाँ बर्षको छेकोमा रिलिज हुनेछ । नम्बर वान निर्माताको रुपमा परिचित ओझाले यो पटक छविराज प्रोडक्सनको साझेदारीमा रेखा फिल्मसलाई पनि अटाएका छन् । सविन श्रेष्ठ र रेखा थापा लिडमा रहेको सो फिल्म पूर्णरुपमा लभस्टोरी प्यार्टनको रहेको निर्देशक सबिर श्रेष्ठले बताए ।
 
फिल्मको पहिलो दिनको सुटिङ बालाजु स्थित नागार्जुन परिसरबाट सुरु गरिएको छ भने बाँकी पोखरा र जोमसोममा पनि गरिने जानकारी दिईएको छ । ५० दिन मध्ये २० दिन नाईट सिफ्ट र बाँकि डे सुट हुने उक्त फिल्मको सेटमा रेखा भने भोलीदेखि मात्र देखा पर्ने छिन् ।  
Most Visited News (monthly)