Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवल खड्काद्धारा अध्यक्ष पदको उम्मेदवारी घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2012/09/26

असोज २७ गते हुने चलचित्र कलाकार संघको निर्वाचनका लागि नवल खड्काले अध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । हाल महासचिव पद सम्हालिरहेका खड्काले बुधबार ब्यक्तिगत रुपमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । 

 

पेशागत हकहितका लागि स्थापना भएको कलाकार संघ गौरव पूर्ण ईतिहास रहेको भन्दै खड्काले ईतिहासको सम्मानमा विरासतलाई अगाडी बढाउनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।  उम्मेवादरी घोषणा संगै उनले पन्ध्र बुँदे प्रतिज्ञा पत्र पनि सार्वजनिक गरेका छन् । तीन बर्षे कार्यकालका लागि अध्यक्षमा आफ्नो विजय भए उनले रु. एक लाख बराबरको कलाकारहरुको विमा योजना ल्याउने प्रतिज्ञा गरेका छन् ।

 

यस्तै एम्बुलेन्स सञ्चालन, राष्ट्रिय र अर्न्तराष्ट्रिय स्तरमा कलाकारहरुको संगठन विस्तार, कलाकारको सम्मान प्रक्रियालाई निरन्तरता, संघ र्न्तगतको छुट्टै पुरस्कारको स्थापना, संघका लागि जग्गा प्राप्त सहित भवन निर्माण र होस्टेलको ब्यवस्थाको साथमा चलचित्र प्रज्ञा प्रतिष्ठान स्थापनामा पहल गर्दे कलाकारहरुको आत्मनिर्भरतामा टेवा पुर्‍याउन चलचित्र सहकारी संस्थाको स्थापनामा आफ्नो ध्यान केन्द्रित रहने उनको प्रतिज्ञा पत्रमा उल्लेख गरिएको छ । 


निर्वाचन अघिको १८ दिन अघि उम्मेदवारी घोषणा गरेका नवल अध्यक्षका लागि बलिया दाबेदार मानिएका छन् । उनी बाहेक औपचारिक रुपमा अन्य कसैले आफ्नो उम्मेदवारी घोषण गरेको छैनन् यध्यपी बाहिर चलेको हल्ला अनुसार कलाकार सबिन बाँस्तोलाले पनि अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् । यस्तै उपाध्यक्ष पदका लागि भने लय संग्रौला, सानु ताम्राकार र शैलेजा पाण्डेको नाम बाहिरिएको छ ।

 

उता महासचिव पदमा उठ्न घनश्याम खतिवडा र रामकेशर बोगटीले तयारी गरिरहेका छन् भने सचिव पदमा उठ्ने तयारीमा उत्तम केसी, राज कुमार शाह र श्रीराम पुडासैनीको नाम बाहिरिएको छ । यस्तै कोषध्यक्ष पदको लागि भने आकाश खवासको नाम बाहिरिएको छ ।  निर्वाचनका लागि कलाकार संघले निर्देशक राजेन्द्र शलभलाई प्रमुख निर्वाचन अधिकृतको रुपमा तोकेको छ भने अर्का निर्देशक सुमन दाहाल र अधिवक्ता शम्भु निरौला निर्वाचन अधिकृतिको रुपमा रहने छन् । निर्वाचन मण्डलीले १६ गते देखि आफ्नो कार्य सुरु गर्ने छ ।

Most Visited News (monthly)