Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

भिसा गर्ललाई सबैले हेर्न पाउने

फिल्मीखबर, काठमाण्डौ, 2012/09/26

असोज १९ गते रिलिज हुन लागेको फिल्म 'भिसा गर्ल' लाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधबार साँझ बोर्डले फिल्म हेरे पश्चात कुनै पनि दृश्यमा अपात्ति नजनाई सबैले हेर्न मिल्ने गरेर 'यू' सर्टिफिकेट दिएको हो ।


'बोर्डका सबै कर्मचारीले धेरै समयपछि यस्तो सफा र राम्रो फिल्म हेर्न पाएकोमा गर्व गर्नु भयो', फिल्मकी निर्माता तथा नायिका ऋचा शर्माले सेन्सर पास भएपछि फिल्मीखबरसँग कुरा गर्दै भनिन्, 'सबैले फिल्मलाई मन पराईदिएकाले हामी उत्साहित भएका छौं ।' सिजी इन्टरटेन्मेन्ट प्रालीको निर्माणमा प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको सो फिल्ममा ऋचा शर्मा, बिनय श्रेष्ठ, कर्मा, रेमनदास श्रेष्ठ, रिमा विश्वकर्मा, सलोनी राजभण्डारी र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ ।

 

कलाकार ऋचा र विनयको सह-निर्माण रहेको लाईट कमेडी फिल्म भिसा गर्ल विदेश जाने धुनमा रहेका युवापुस्तालाई केन्द्रित गरेर निर्माण गरिएको हो । निर्देशक श्रेष्ठको लेखन रहेको सो फिल्म हालको काठमाडौं परिवेशमा बस्ने युवाहरुको सपना र आकांक्षाको वरिपरी घुमेको बताईएको छ ।

 

Most Visited News (monthly)