Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुमिना अब `स्टार` बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/09/24

नेपाली फिल्म उधोगको बारेमा फिल्महरू बन्ने क्रम बढ्दै गएको छ । हाल सुटिङमा रहेको फिल्म 'कलिउड' र प्रि-प्रोडक्सनमा नै अड्केको फिल्म 'हिरोईन' ले नेपाली फिल्म उधोगको यथार्थ चित्रण गर्नेछ भने यहि सेरोफेरोमा रहेर अर्को फिल्म 'स्टार' पनि बन्ने भएको छ ।

 

संगम, त्रिवेणी, मैदान, ज्वालामुखी, आँधीतुफान जस्ता फिल्म निर्देशन गरेका महेन्द्र बुढाथोकीले 'स्टार' लाई निर्देशन गर्न लागेका हुन् । संगम भिजन प्रालीको व्यानरमा निर्माण गर्न लागिएको सो फिल्मले एउटी नायिकाको संघर्षको कथालाई मुख्य बिषय बनाएको छ । जसमा सुमिना घिमिरेले मुख्य चरित्र निर्वाह गर्दैछिन् ।

 

'एउटी नायिकाको कथालाई मुख्य बिषय बनाएर फिल्म निर्माण गर्न लागिएको हो', आफ्नै कथामा तयार पारेको स्टारको बारेमा बोल्दै निर्देशक बुढाथोकीले भने, 'यो फिल्मले नायिकाले भोग्नु परेका दु:ख पिडालाई यथार्थ रूपले चित्रण गर्नेछ ।' यस्तै आजै मात्र अनुबन्धित भएकी फिल्मकी नायिका सुमिना घिमिरेले यस किसिमको चरित्र निर्वाह गर्न पाउँदा निकै खुसी लागेको बताईन् ।

 

फिल्मीखबरसँग कुरा गर्दै सुमिनाले भनिन्, 'रियल लाईफमा स्टार कहिले हुन्छु थाहा छैन तर पर्दामा भने स्टार भएर देखिने छु त्यसैले म निकै उत्साहित छु यो काम गर्न ।' स्टार बन्न निकै गार्‍हो र असम्भव नभएको भन्दै सुमिनाले एक दिन आफू पनि स्टार हुन सक्ने सम्भावना रहेको संकेत गरिन् । उनले भनिन्, 'कर्म गर्दै जानेछु त्यसैले राम्रो फल पाईएला नि !'

 

असोज ११ गतेबाट सुटिङ शुरू गर्ने भनिएको सो फिल्ममा श्याम घिमिरे, गणेश उप्रेती, रमेश बुढाथोकी कलाकारको रूपमा अनुबन्धित भएका छन् भने अन्य कलाकारको छनोट कार्य जारी छ । यस्तै फिल्ममा सुरेश बज्राचार्यको छायाँकन, अर्जुन पोखरेल र सर्वज्ञ मान शाक्यको संगीत तथा नविन निरौलाको संवाद रहनेछ । फिल्मको सुटिङ काठमाण्डौ उपत्यकामा नै गरिने छ ।
 

Most Visited News (monthly)