वितरण प्रणालीमा ब्यक्तिवादी प्रबृत्ति हावी भएपछि सो बिषयको निकारणका लागि वितरहरुको आकस्मिक बैठक बस्ने भएको छ । चलचित्र संघ अर्न्तगत बैधानिक रुपमा दर्ता भएका वितरकहरुले यहि असोज ११ गते फिल्म वितरण प्रणालीमा आएका समस्याका समाधानको उपाय खोज्न लागेका हुन् ।
चलचित्र संघका महासचिव समेत रहेका प्रदीप उदयले पनि यहि बर्षदेखि वितरकको रुपमा आफूलाई दर्ता गरेका छन् जसले यो प्रणालीमा सुधार ल्याउन कम्मर कसेका छन् । वितरण सभापति नरेन्द्र महर्जनको अध्यक्षतामा बस्ने बैठकमा फिल्म निर्माणको अहिलको अवस्था रिलिजको होडबाजी र पैसाको लेनदेनको बिषयलाई मुख्य मुद्धा बनाईएको छ । यस्तै सोही बैठकले आधिकारिक रुपमा दर्ता नभएका कुनै पनि ब्यक्तिलाई फिल्म वितरण गर्न नदिने निर्णय पनि गर्दैछ ।
फिल्म वितरण गर्नुपरे केही न्यूनत मापदण्ड पुरा गरेर मात्र सदस्यता बन्न पाउने प्रावधान थप्ने बिषयमा पनि बैठकले निर्णय गर्ने जानकारी दिईएको छ । अब्यवस्थित एवं सानो बजारमा बलिउडका फिल्मसंगै तीन बढी नेपाली फिल्म हप्तै पिच्छे रिलिज हुने परम्पराको बिषयमा पनि सो बैठकमा गम्भीर छलफल हुने बताईएको छ । बैठक चलचित्र संघको कार्यालय विशालनगरमा बिहान ११ बजे देखि सुरु हुने छ ।

