Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

बडीगार्डलाई लाग्यो झट्का

फिल्मीखबर, काठमाण्डौ, 2012/09/14

ओपनिङ कलेक्सनमा ठूलो आश राखेको फिल्म बडीगार्डलाई बन्दले ठूलो झट्का दिएको छ । आज शुक्रबारबाट देशभरका ७५ भन्दा बढि हलमा एकसाथ प्रदर्शनमा आएको उक्त फिल्म आजको १२ बजेसम्मको नेपाल बन्दको शिकारमा परेको हो ।

 

'ओपनिङ कलेक्सन धेरै राम्रो हुन्छ भनेर सोचेका थियो बन्दले गर्दा असर गर्ने भयो', निर्माता सुशिल पोखरेलले भने, 'दुई शोलाई असर गरे पनि त्यसपछि भने दर्शकको चाप राम्रै हुने मैले आश गरेको छु ।' बन्दले गर्दा शुक्रबारको बिहानी शो र १२ बजे पछिको शोलाई त असर गर्छ नै त्यसपछिको शोमा पनि बन्दको आंशिक प्रभाव पर्ने देखिन्छ । तर पनि निर्माता पोखरेललाई खासै चिन्ता लाग्को छैन किनकी देशभरका ७५ भन्दा बढि सिनेमा घरबाट कलेक्सन एकसाथ आउने भएकाले फिल्म सामान्य रूपमा चले पनि उनलाई घाटा लाग्ने छैन ।

 

निर्माता पोखरेल फिल्मलाई दर्शकले रूचाउने कुरामा ढुक्क भएकाले लगानी उठ्ने कुरामा पनि उनी ढुक्क छन् । 'म त ढुक्क छु अब दर्शकले कस्तो प्रतिक्रिया दिनुहुन्छ त्यसको प्रतिक्षामा छु', निर्माता पोखरेलले भने, 'हल सञ्चालकहरूले त दर्शकहरू फिल्म हेर्न आतुर रहेको प्रतिक्रिया दिईरहनु भएको छ ।' राजेन्द्र उप्रेतीले निर्देशन गरेको यो फिल्ममा आकाश शाह र सौजन्य सुब्बाको मुख्य भुमिका रहेको छ ।

 

शिवम अधिकारीको पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्ध निर्देशन, कृष्ण श्रेष्ठको छायाँकन, हरि लम्सालको संगीत र बब्बु थापाको नृत्यनिर्देशन हेर्न सकिने यो फिल्म सामाजिक कथामा आधारित छ । एक्सन श्रेणीको यो फिल्मले देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडीगार्ड हुनुपर्छ भन्ने सामाजिक सन्देश बोकेको छ ।

 

यो फिल्मसँगै आजैबाट ब्ल्याक मेल पनि रिलिज भएको छ जसमा सुमन सिंह, जीवन लुईटेल र स्वेता भट्टराईको अभिनय हेर्न सकिनेछ ।

Most Visited News (monthly)