Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्लाहीमा दमको मुहुर्त

प्रदिप कार्की, सर्लाही, 2012/09/12

नेपाली फिल्म 'दम द पावर' को बुधबार स्थानिय पत्रकारहरुले क्यामेरा, रोल, एक्सन र क्ल्याप हानेर शुभ मुहुर्त गरे । पछिल्लो समय राजधानीलाई छाडेर मोफसलमा मुहुर्त अर्थात फिल्मको शुभ साइत गरिने क्रममा 'दम' पनि थपिएको हो ।

 

सर्लाहीमा शुभ साइत गरिएको 'दम' तेस्रो फिल्म हो । यस अघि श्याम भट्टराईद्धारा निर्देशित लंका तथा तामाङ र नेपाली मिश्रित भाषामा निर्माण गरिएको कुटुम्बको शुभ साइत गरिएको थियो । यस्तै राजधानी बाहिरका अन्य स्थानमा पनि फिल्मको मुहुर्त गरिंदै आएको छ ।



फिल्म दमको निर्देशन सर्लाही हजरिया स्थायी घर भएका बिजय बिक्रम बस्नेतले गर्नेछन् । नमस्ते, हात लाग्यो शून्य, प्ले गर्ल जस्ता फिल्म निर्देशन गरेका बस्नेतले ति भन्दा फरक स्वाद 'दम' मा दिन खोजिएको वताए । वि एण्ड वि फिल्मस्को ब्यानरमा शुरू गर्न लागिएको 'दम' मा जङगल क्वीन लगायत साना फिल्मका नायक श्याम कटुवाल मुख्य नायक हुन् भने कुनै बेला बिराज भट्टको छत्रछायाँमा रहेकी नायिका जेनिशा केसी पनि मुख्य भुमिकामा रहने छिन् । दिपक क्षेत्रीले खलपात्रको भुमिका निभाउने छन् ।

 

विकास चौधरीको संगीत, राम जनकको द्धन्द, शम्भु सापकोटाको छायाकंन रहने फिल्ममा विश्व बस्नेत र निदेश राज केसीको संयुक्त ५० लाख लगानी रहेको छ । सर्लाही, सिन्धुली र जनकपुरमा ९५ प्रतिशत छायाकंन गरिने छ भने ५ प्रतिशत मात्र काठमाण्डौमा हुनेछ । फिल्मलाई आगामी माघ २९ गते प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ ।

Most Visited News (monthly)