Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भिसा गर्लको प्रोमोशनमा विनय र ऋचा

विष्णु शाही, नेपालगंज, 2012/09/11

आगामी असोज १२ गतेवाट एकैसाथ नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म भिसा गर्लको प्रोमोशनमा नायिका ऋचा शर्मा यतिवेला पश्चिम धनगढी हुँदै नेपालगंज आइपुगेकी छिन् । आज मात्र नेपालगंज आईपुगेकी नायिका शर्मालाई प्रोमोशनमा साथ दिन नायक तथा फिल्मका निर्माता विनय श्रेष्ठ समेत आज नै नेपालगंज आइपुगेका छन् ।

 

पुर्व मेची देखी पश्चिम महाकाली सम्म स्वयं स्वयं नायक तथा निर्माता विनयलाई पश्चिममा ऋचाले साथ दिईन् भने पूर्वमा नायक कर्मले साथ दिए । आज नै नेपालगंजमा पत्रकार सम्मेलन गरी फिल्मको निर्माता समेत रहेकी नायिका शर्माले आफ्नो फिल्म वर्तमान युवावर्गलाई लक्षित गरी निर्माण गरिएको बताईन् । साथै उनले फिल्ममा बैदेशिक रोजगारमा जाने हरेक नेपालीको कथालाई मुख्य विषयवस्तु वनार्ई निर्माण गरिएको भएता पनि फिल्ममा मायाप्रेम साथै सामाजिक कथा रहेको बताईन् ।

 

फिल्मीखबरसँग कुरा गर्दै ऋचाले फिल्म खेल्नु भन्दा फिल्म निर्माण गर्नु निकै गाह्रो रहेको बताईन् । उनले आफ्नो फिल्म वनाउन निकै मिहिनेत गरेको कारण फिल्म निकै राम्रो बनाएको चर्चा गर्दै फिल्मलाई सन्चारकर्मी, युवावर्गहरु  साथै  हरेक नेपालीले हेर्नै पर्ने पनि बताईन् । त्यस्तै पत्रकार सम्मेलनमा निर्माता तथा नायक विनय श्रेष्ठले यस फिल्म निर्माण गर्नु पुर्व निकै गृहकार्य गरेको बताउदै वर्तमान दर्शकको इच्छा आकांक्षालाई वुझेर फिल्म निर्माण गरिएकोले यो फिल्मवाट आफु मात्र नभई पुरा युनिट नै निकै आशावादी रहेको वताए ।

 

पत्रकार सम्मेलनमा फिल्मको प्रोमो साथै दुई वटा गीत समेत देखाइएको थियो । देशव्यापी प्रोमोशनमा हिडेको युनिट यसपछी दाङ हुँदै काठमाण्डौ जाने नायक श्रेष्ठले जानकारी गराए । सिजी ईन्टरटेन्मेन्टले निर्माण गरेको फिल्मलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा ऋचा शर्मा, विनय श्रेष्ठ, कर्मा, रिमा विश्वकर्मा, रेमनदाश श्रेष्ठ, मेनुका प्रधान, सलोनी राजभण्डारी लगायतको अभिनय रहेको छ ।

Most Visited News (monthly)