Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बल्ल राजेशको घैंटामा घाम लागेछ: भुवन केसी

फिल्मीखबर, काठमाण्डौ, 2011/05/01

सदावहार नायक भुवन केसीले आफ्ना केहि बानी महानायक राजेश हमालले सिको गर्न लागेको बताएका छन् । उनका अनुसार राजेशले दुई मुख्य कुरा आफूबाट सिकेको दाबी गरे ।


आखिरमा भुवन केसीबाट राजेशले के सिके त ? नायक केसी भन्छन्, 'पहिलो कुरा त मैले तेस्रो बिहे गर्न खोज्दा उसले बल्ल बिहे गर्ने सोच बनाएछ र अर्को कुरा स्क्याण्डल मच्चाउन पनि राजेशले मबाट सिके जस्तो छ ।' महानायक हमालले शुक्रबार एक साप्ताहिक पत्रिकामा आफूले बिहे गर्ने सोच बनाएको कुरा पढेपछि नायक केसीले यस्तो प्रतिक्रिया दिएका हुन् । केहि दिन अघि आफूले एक कार्यक्रममा नयाँ गर्लफ्रेन्ड सार्वजनिक त्यसको झोकमा राजेशले पनि आफ्नो गर्लफ्रेण्ड भएको खुलासा गरेको नायक केसीले बताए । फिल्मीखबरसँग कुरा गर्दै नायक केसीले भने, ' बल्ल  राजेशको घैंटामा घाम लागेछ । उसमा आएको नयाँ परिवर्तन देखेर म खुसी भएको छु ।'

केटीको मामलामा निकै उदार देखिने भुवन र केटी देखेर लजाउने राजेश निकै पुराना साथी हुन् । उनीहरू प्राय एकै कार्यक्रममा भेट हुँदैनन् । यदि भईहाले भने एकले अर्काको खिल्ली उडाउने गर्दछन् । केहि समय अगाडी एक चलचित्रको छायाँकनमा एकसाथ भेटिएका यि दुईले एक अर्कालाई बुढा भनेर सम्बोधन मात्र गरेनन् कि दुबैले आफू नै राम्रो नाच्च जान्ने दाबी गरेका थिए । राजेशले भनेका थिए, 'भुवन अब बुढो भईसक्यो । तर उ कहिल्यै नाच्न जानेन ।' त्यसैगरी भुवनले पनि राजेश तर्फ फर्किंदै भनेका थिए, 'म जस्तो राम्रो नाच्न जान्ने कोही छैन ।'



यि दुईले एक अर्काको खिल्ली मात्र उडाउने हैन राम्रो कामका लागी सल्लाह पनि दिने गर्दछन् । केहि समय अगाडी राजेशले भुवनलाई चुरोट छाड्न सल्लाह दिएका थिए । उनले भनेका थिए, 'मलाई भुवनको भबिश्यको निकै चिन्ता लाग्छ ।' यसैगरी  केहि दिन अगाडी एक चलचित्रको मुहुर्त कार्यक्रममा पनि भुवनले राजेशलाई चलचित्र बनाउन सल्लाह दिएका थिए । उनले भनेका थिए कि, 'राजेश अब बुढो भईसक्यो । त्यसैले उसले राम्रो चलचित्र निर्माण गर्नुपर्छ ।'

जे होस्, यि दुईले एकअर्काको खिल्ली उडाउने गरेपनि अहिलेको समयमा राजेशले पनि बिहे गर्दैछन् भन्ने कुरा सुन्न पाउँदा सबैको मन खुसी भएको हुनुपर्छ । राजेशले यसैबर्ष भित्र बिहे गर्ने योजना त बनाएका छन् तर के त्यो योजना पहिलो जस्तै योजनामै सिमित त हुने हैन ? कतै भुवनले भने जस्तै राजेशको यो स्क्यान्डल त हैन ?राजेशका फ्यानहरू उनको बिहे भएको हेर्न आतुर छन् । त्यसैले आशा गरौं  कि उनले रोजेको जीवनसाथीसँग छिट्टै नै बिहे हुनेछ ।






 

Most Visited News (monthly)