Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नरेशले रक्सी पिउन छोडे रे !

फिल्मीखबर, काठमाण्डौ, 2011/04/29

अहिले निर्देशक नरेश पौड्यालको अनुहारमा चमक देखिन थालेको छ । बिगतका समयमा भन्दा उनी अहिले राम्रा देखिन लागेका छन् । उनी यसरी दिन प्रतिदिन राम्रो हुँदै जानुको मुख्य कारण रक्सी पिउन छोड्नु हो ।

 

करिब तीस बर्ष अघि देखि रक्सी पिउँदै आएका निर्देशक पौड्यालले रक्सी पिउन छाडेको करिब तीन महिना भएछ । पहिला हरेका कार्यक्रममा रक्सी नपिई नछोड्ने यि निर्देशक अहिले भने सबैलाई आफूले रक्सी खान छोडेको कुरा बताउँदै हिड्ने गरेका छन् । कोही व्यक्ति आफ्नो अगाडी भेटिन नपाउँदै उनले भनिहाल्छन्, 'मैले रक्सी पिउन छाँडे नि !' उनले यति भन्ने बित्तिकै उनका अगाडी पर्ने व्यक्तिले भनिहाल्छन्, 'त्यहि भएर पो रहेछ तपाईं ह्यान्डसम हुनुभएको ।'
 

 

नरेशले रक्सी पिउन छाडेपछि उनका सहकर्मी साथीहरू मात्र नभएर सञ्चारकर्मीहरू पनि छक्क परेका छन् । रक्सीको नशामा लठ्ठिए पछि बेला बेलामा नराम्रा हरकत समेत देखाउन भ्याउने यि निर्देशक सुध्रिएकोमा सबैजना दंग मात्र हैन खुसी पनि छन् ।  पक्कै पनि कसैले रक्सी जस्तो चिज छोड्नु खुसीको कुरा नै हो । केहि समय अघि रक्सीको नशामा लठ्ठिएको बेला नरेशले केहि सञ्चारकर्मी साथीहरूलाई नराम्रो शब्द प्रयोग गरेको चर्चा चलेको थियो । तर अब भने उनको तर्फबाट यस्तो घटना नघट्ने भएको छ ।

 

रक्सी पिउन छोडेपछि आफू निकै फ्रेस भएको नरेशको भनाई छ । फिल्मीखबरसँग कुरा गर्दै नरेशले भने, 'जीवनमा मैले जति रक्सी कसैले पिएन होला । तर अब म सुध्रिएको छु । अहिले मलाई रक्सी किन पिएको रहेछु भन्ने कुराको चिन्ता लाग्न थालेको छ ।' रक्सीकै कारण पैसाको नाश, स्वास्थ्यमा खराबी मात्र नभएर बेला बेला परिवारिक सम्बन्ध पनि बिग्रने गरेकाले रक्सी पिउन छोडेको उनको भनाई छ ।

 

नरेशले रक्सि मात्र हैन रक्सिसँगै एक नायिकासँगको सुमधुर सम्बन्धलाई पनि तोडेका छन् । सञ्चारमाध्यममा बारम्बार एक नायिकासँग उनको नाम जोडिने गरेको थियो तर अब भने उनी त्यसबाट पनि मुक्त भएका छन् । के कारणले गर्दा सम्बन्ध बिग्रिएको हो नरेशल खुलाउन चाहेनन् । तर उनले भने, 'समय अनुसार मानिसमा परिवर्तन आउँछ । त्यसैले अहिलेको समयले मलाई धेरै परिवर्तन गराएको छ । त्यसो भए के नरेश अब सबै चिजबाट टाढा रहने नै हुन् त ? आगामी मंसिर महिना तिर चलचित्र निर्माण गर्ने योजनामा रहेका नरेश भन्छन्, 'परिवार र चलचित्रबाट टाढा रहन सक्दिन अरू कुराको ग्यारेन्टी पनि दिन सक्दिन ।'

 

रक्सी पिउन छाडेकोमा निर्देशक नरेशलाई बधाई त दिनै पर्छ तर यो बधाई कहिले सम्मलाई कायम रहने हो त्यो भने हेर्न बाँकी नै छ ।

Most Visited News (monthly)