मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सम्बन्ध बिच्छेद हल्ला कि वास्तविकता ?

फिल्मीखबर, काठमाण्डौ, 2011/03/31

अहिलेकी निकै हट गायिका अञ्जु पन्त र गायक मनोज राज दम्पती हुन् भन्ने कुरा अधिकांशलाई थाहा नै छ र यि दुई दम्पति बिच बेला बेलामा ठाकठुक परेका खबरहरू पनि आएकै हुन् । अहिले यि दुईको सम्बन्धमा दरार आउन लागेको अपुष्ट खबर प्राप्त भएको छ ।

 

२०५८ सालमा प्रेम विवाह गरेका मनोज र अञ्जुको सम्बन्ध बिहे भएदेखि नै राम्रो नभएको स्रोतले बताएको छ । अहिले उनिहरूको एक छोरी पनि छिन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार गायिका अन्जु र उनका श्रीमान् तथा गायक मनोज राज बिचको सम्बन्धले बिकराल रूप लिईसकेको छ ।  यि दुई बिच बेला बेलामा हात हालाहाल सम्मको स्थिती सिर्जना पनि नभएको हैन । अहिले उनीहरूको सम्बन्धलाई लिएर अदालतमा पनि मुद्दा चल्न लागेको खबर प्राप्त भएको छ । बेला बेलामा श्रीमानको तनाव झेल्दै आएकी गायिका अञ्जु उनीबाट टाढा हुन खोजेको स्रोतले बतायो ।

 

लामो समयका लागी करिब एक बर्ष अगाडी अमेरिका पुगेका मनोज बर्ष दिन नबित्दै नेपाल आउनुको कारणलाई धेरैले अर्थपूर्ण तरिकाले पनि हेरेका थिए । के मनोज अञ्जुसँगको सम्बन्धलाई एउटा टुंगोमा लगाउन नेपाल फर्केका हुन् त ? यो बिषयमा कुरा गर्न मनोज र अञ्जुसँग मोबाईलमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन भने सकेको छैन ।

 

आशा गरौं नेपाली सांगीतिक क्षेत्रका चम्किला तारा मानिने कलाकारद्वयको सम्बन्धमा कुनै दरार नआओस् । शुरूका दिनमा जस्तै यि दुईको माया प्रेम झाङ्गिदै जाओस् । फिल्मीखबर डटकमको शुभकामना !