मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झरनाले जितिन् बाजी

फिल्मीखबर, काठमाण्डौ, 2011/03/31

भारत र पाकिस्तान बिच बुधबार भएको सेमिफाईनल खेलमा भारतले जितेपछि नायिका झरना थापाले पनि बाजी जितेकी छिन् । उनले आफ्नै श्रीमान् सुनिल कुमार थापासँग बाजी राखेकी थिईन् ।

 


नायिका थापाले भारतको जितसँगै आफ्नै श्रीमानबाट नगद रू १० हजार हात पारिन् । भारतको सपोर्टमा रहेकी नायिका थापाले आफ्नै श्रीमानसँग बुधबार बिहान बाजी राखेकी थिईन् । बाजी जितेपछि नायिका थापा निकै खुसी छिन् । नायिका थापाले भारत र पाकिस्तान बिचको सेमिफाईनल खेल घरमा नै बसेर हेरेकी थिईन् भने चलचित्र निर्माता तथा झरनाका श्रीमान् सुनिल कुमार थापाले लौनचौर स्थित एक रेष्टुराँमा साथीहरूसँग बसेर हेरेका थिए ।

 

निर्माता थापाले आफ्नी श्रीमती बाहेक अन्य साथीहरूसँग पनि बाजी हारेको बताए । तर कति बाजी हारे उनले खोल्न चाहेनन् । बाजी हारेपछि निर्माता थापाले घरकी लक्ष्मीसँग कहिल्यै बाजी राख्न नहुने बताए । उनले भने, 'अब देखि म घरकी लक्ष्मीसँग कहिल्यै बाजी राख्दिन ।' अब निर्माता थापाले भारत र श्रीलंका बिचको फाईनल खेलमा पनि बाजी राख्ने बताएका छन् । सुनिलले बाजी को सँग कति राख्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।