मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेलिब्रेटिमा पनि क्रिकेटको रौनक

फिल्मीखबर, काठमाण्डौ, 2011/03/30

विश्वकप क्रिकेटअन्तर्गत बुधबार मोहालीमा भारत र पाकिस्तान बिच सेमिफाइनल खेल हुँदैछ । महेन्द्रसिंह धोनीको भारतीय र शहिद अफ्रिदीको पाकिस्तानी टोलीबीच हुन लागेको भिडन्तलाई बिश्वले नियाल्दै छ । यहि क्रममा नेपालका सेलिब्रेटि पनि सो खेलको प्रतिक्षामा छन् ।

 

अहिले बिश्वको वातावरणलाई भारत र पाकिस्तान बिच हुन लागेको खेलले साँच्चै नै निकै तताएको छ । अहिले नेपाली सेलिब्रेटिहरूमा कस्ले जित्ला भन्ने जिज्ञासा बढिरहेको छ । हरेकले आ-आफ्नै अक्ड्कल बाजी गरिरहेका छन् । कोहि भारतको पक्षमा छन् त कोही पाकिस्तानको । सबैले आ-आफ्नो टिमलाई बलियो मानेका छन् । यहि बिषयलाई मध्य नजर गर्दै फिल्मीखबरले सेलिब्रेटिहरूलाई तपाईंको टिमले हारे के गर्नुहुन्छ भनि प्रश्न गरेका थियौं । ति सेलिब्रेटीहरूको जवाफ यस्तो छ -

 

 

केहि समय अगाडी भएको क्रिकेट फेस्टिभलको सद्भावना दुत बनेकी नायिका नम्रता श्रेष्ठ पनि भारतको पक्षमा छिन् । क्रिकेट खेलको बारेमा खासै चासो नराख्ने भएपनि आफ्नी आमा क्रिकेटको ठूलो फ्यान भएको र भारतको पक्षमा रहेकोले आफ्नी आमाको चित्त बुझाउन पनि उनी भारतको पक्षमा छिन् । खेलमा प्र्याक्टिस र भाग्य दुबै हुने भएकोले आजको खेल यसै भन्न सक्ने अवस्था नरहेपनि उनी भारतले जित्ने कुरामा ढुक्क छिन् । उनी भन्छिन्, 'गएको बिश्वकप फुटबल खेलमा स्पेनलाई सपोर्ट गर्दा स्पेनले जित्यो आज भारतलाई सपोर्ट गर्दैछु त्यसैले आजको खेल भारतले नै जित्छ ।'

 

नायक दिलिप रायमाझी भारतले खेल जित्नेमा ढुक्क छन् । क्रिकेट खासै नबुझे पनि आजको खेल भने उनी हेर्ने पक्षमा छन् । उनी भन्छन्, 'भारतले जसरी पनि जित्नु पर्छ नत्र खेल हेर्नुको मज्जा नै हुँदैन ।' फेसबुकलाई नै आफ्नो नजिकको साथी मान्दै आएका सुरेश दर्पण पोखरेलले भारतले हारेमा फेसबुकबाट एक सय घण्टा टाढा रहने भएका छन् । यानकी उनले भारतले हारेमा एक सय घण्टा फेसबुक नचलाउने घोषणा गरेका छन् ।

 

निर्देशक प्रशन्न पौडेललाई भने आजको खेल खासै रोचक नहुने भएको छ । श्रीलंकाको पक्षमा रहेका पौडेलले आज जस्ले जिते पनि आफूलाई केहि नहुने बताउँछन् । उनी भन्छन्, 'आज जस्ले जितोस् मतलव छैन तर बिश्वकप श्रीलंकाले नै लैजानु पर्छ ।'  यता प्रदर्शनको क्रममा रहेको चलचित्र निगरानीका निर्माता शुसिल पोखरेल भने पाकिस्तानको पक्षमा छन् । चलचित्रको पब्लिसिटीले गर्दा आजको खेल हेर्न नपाउने भएपछि क्रिकेटमा फ्यान पोखरेल निकै दुखी छन् । उनी भन्छन्, 'मैले खेल हेर्न नपाए पनि आजको खेल पाकिस्तानले नै जित्नु पर्छ ।'