मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'मन परेपछि' ले हात झिक्यो

दयाराम घिमिरे, काठमाण्डौ, 2011/03/30

केहि दिन अगाडी मात्र फिल्मीखबर डटकममा प्रकाशित दुई चलचित्र 'निगरानी' र 'मन परेपछि' को भिडन्त शिर्षकको समाचार अनुसार यी दुइ चलचित्र एउटै हलबाट अझ भनौ एउटै पर्दाबाट सार्बजनिक हुने कुराले फिल्मी वजार निकै तातिएको थियो तर यति बेला भने सो बिबाद सुल्झिएको छ ।



चलचित्र 'निगरानी' र 'मन परेपछि' बिच निकै प्रतिस्पर्धा नै भएको थियो तर यति बेला भने सो प्रतिस्पर्धामा निगरानीले बाजि मारेको छ अर्थात मन परेपछिले सो बिबादबाट हात झिकेको छ । शुशिल पोखरेलको चलचित्र निगरानी यहि चैत्र १८ गते विश्वज्योतिबाट सार्बजनिक हुदैछ भने दिपक रमणको चलचित्र मन परेपछि भने तोकिएको मितीमा नलाग्ने भएको छ । मन परेपछि संभवत यहि बैसाखको दोश्रो साता भित्र लाग्ने निर्माण पक्षले जनाएको छ ।

 

निगरानी १८ गते उपत्यका भित्र र २५ गते उपत्यका बाहिर लाग्ने भएको छ । क्यू सिस्टमबाट प्रर्दशनमा आउन लागेको चलचित्र निगरानीले क्यू सिस्टम तोडेर लाग्न लागेको चलचित्र मन परेपछिलाई हात झिक्न बाध्य बनाएको हो । निर्माता तथा संगितकार दिपक रमणका अनुसार चलचित्र जय शिब शंकर पछि नेपालका प्राय सबै हलबाट एकै पटक चलचित्र मन परेपछि लाग्ने भएको छ । मौखिक सहमति अनुसार आफू पछि हटेको वताउने रमणले भने, 'अरु निर्माताको हितको लागि भए पनि म चलचित्र लगाउन चाहन्थे तर सबैले आफ्नो लागि मात्र चलचित्र लगाएको भनि कुरा काट्न थालेपछि हात झिकेको हूँ ।'


चाहे जे भए पनि अन्त्यमा सहमति हुनु नै खुसिको कुरा हो  । यदि सहमति नभएको भए २ वटै चलचित्र धरापमा परिसकेका थिए । यहि १८ गते प्रर्दशनमा आउने चलचित्र निगरानीलाई जितसँगै सफलताको शुभकामना र मन परेपछि पनि सफल होस् भन्ने कामना !