मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चाप्लुसि गरेर फिल्म नखेल्ने

फिल्मीखबर, काठमाण्डौ, 2011/03/29

बिभिन्न टेलिचलचित्र हुँदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका रोशनी केसी चलचित्र क्षेत्रवाट विस्तारै टाढिंदै गएकी छिन् । हाल सम्म ५ वटा चलचित्रमा अभिनय गरिसकेकी नायिका केसी खासै चर्चामा आउन नसकेकी नायिका मध्ये एक हुन् ।

 


'मनमा माया' वाट ठूलो पर्दामा आफ्नो अभिनय आरम्भ गरेकी नायिका केसीले इलाका, करतुत, एके ४७ र खै को कस्को चलचित्रमा अभिनय गरिसकेकी छिन् ।  जसमध्ये करतुत,  एके ४७ र खै को कस्को चलचित्र प्रर्दशनको तयारीमा रहेको नायिका केसीले जानकारी दिईन् । चलचित्र क्षेत्रमा प्रवेश गरेको लगभग ७ वर्ष भईसक्दा पनि नायिका केसी किन ओझेलमा परिन् त ? उनी भन्छिन्, 'मलाई चाप्लुसी गर्न आउँदैन ।'

 


आफू छानेर मात्र चलचित्रमा अभिनय गर्ने र अरुको चाप्लुसि गर्न नचाहेको कारणले अगाडि नआएको नायिका केसीले खुलासा गरिन् । काठमाण्डौं जन्मस्थान भएकी नायिका केसीले प्रताप सुव्वासँग अभिनय र बसन्त श्रेष्ठसँग नृत्य सिकेको बताईन् । आफू भित्र खुवि रहेकोले जस्ता तस्ता सिनेमा नखेल्ने र अरुको चाप्लुसि गरेर चलचित्रमा अभिनय गर्नु भन्दा वरु अभिनय नै नगर्ने नायिका केसीले बताईन् ।



चलचित्रमा अभिनय गर्ने नगर्ने त्यो उनको कुरा हो । तर आउन लागेका ३ चलचित्र करतुत, एके ४७ र खै को कस्को चलचित्रले  सफलता पाओस र रोशनीलाई अझ राम्रा चलचित्रका अफर आउँदै जाउन् । फिल्मीखबर डटकमको शुभकामना !