Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निगरानीको अडियो लञ्च बिनै बजारमा

फिल्मीखबर, काठमाण्डौ, 2011/03/05

चैत्र महिनाको दोस्रो या तेस्रो साता सार्वजनिक हुन लागेको चलचित्र 'निगरानी' को अडियो सिडी लञ्च नगरी बजारमा पठाईएको छ । केहि दिन अगाडी  नाट्यश्वरी माताको सामान्य पूजाआजा गरी चलचित्रको अडियो सिडी बजारमा पठाएको निर्माता सुसिल पोखरेलले फिल्मीखबरलाई जानकारी दिए ।

 

प्राय जसो चलचित्र निर्माताहरूले आफ्नो चलचित्रको अडियो सिडी पाँच तारे होटलमा निकै तामझामका साथ गर्छन् । तर यि निर्माता भने त्यस्तो तामझामबाट टाढा रहन चाहन्छन् । उनी भन्छन्, 'पाँच तारे होटलमा तामझामका अडियो लञ्च गर्दैमा चलचित्र चल्ने हैन क्यारे ! चलचित्रको प्रचारप्रसारमा कुनै कञ्जुस्याईं गरेको छैन । त्यसैले म बिना तडकभडक अडियोलाई बजारमा पठाएको हुँ ।' सुसिल थप्छन्, 'नचाहिने खर्च गरेर चलचित्रको प्रचारप्रसार गर्नु गर्न मलाई मन पर्दैन । त्यसैले मैले प्रिमियर पनि नगरि चलचित्र चलाउने भएको छु ।'

 

नेपालमा बढ्दो बाल अपहरणको बिषयलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको सो चलचित्रले अपहरणलाई कसरी रोक्न सकिन्छ भन्ने कुरालाई देखाउन खोजिएको निर्माता पोखरेलको भनाई छ । यसैगरी चलचित्रमा एउटा प्रेमीले आफ्नो ज्यानको बाजी लगाएर कसरी आफ्नी मायालुलाई बचाउँछ र उसको निगरानी कसरी गर्छ भन्ने कुरालाई पनि चलचित्रले प्रस्ट्याउन खोजेको निर्माता पोखरेलले बताए ।

 

राजेन्द्र उप्रेतीले निर्देशन गरेको चलचित्रमा विराज भट्ट, मुकेश ढकाल, अरुणिमा लम्साल, जेनिशा केसी लगायतका कलाकारहरूले अभिनय गरेका छन् । चलचित्रका गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् ।

 

 

चलचित्र 'निगरानी' को गीत

www.youtube.com/watch


 

Most Visited News (monthly)