मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सम्झना डिजिटल फिल्म अवार्डको नोमिनेशन सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2010/12/05

डिजिटल फर्म्याटमा निर्माण भएका नेपाली चलचित्रलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सम्झना डिजिटल फिल्म अवार्ड २०६७' को मनोनयनमा परेका चलचित्रहरूको नोमिनेशन सार्वजनिक गरिएको छ ।

 

छायाँछबि पत्रिकाको आयोजनामा हुन लागेको सो अवार्डमा समाबेश गरिएका १६ चलचित्रलाई २५ बिधामा अवार्ड बितरण गरिने छ ।  गतबर्ष आयोजना भएको छायाँछबि 'डि सिने अवार्ड' लाई ब्रिहत बनाउँदै छायाँछबि पत्रिकाले यस बर्ष देखि 'सम्झना डिजिटल फिल्म अवार्ड' को आयोजना गर्न लागेको हो । नेपाली चलचित्रको बिकाश, प्रबर्द्वन एवं संरक्षण गर्न आयोजकले 'छायाँछबि फिल्म फेस्टिभल' को पनि आयोजना गर्दैछ । सो फेस्टिभलमा अवार्डलाई उत्सवको रूपमा मनाइने आयोजकले फिल्मीखबरलाई जानकारी दियो ।

 

एक महिना भित्रमा हुन लागेको सो अवार्डमा कोही मेरो, दशगजा, दिलमाया, हिफाजत, आफ्नो मान्छे आफ्नै हुन्छ, कस्लाई दिउँ यो जोवन, पहिलो पहिलो माया, भनिदेउ न माया गर्छु, माया त माया हो, गुरूदक्षिणा, फस्टलभ, तिमी मात्र तिमी, द युगदेखि युगसम्म, कसम हजुरको, बशमा छैन यो मन र कन्यादान रहेका छन् । यि चलचित्रहरू मध्ये ऋषि लामिछाने निर्देशित चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ' सबैभन्दा बढि १८ बिधामा नोमिनेशनमा परेको छ ।
 

यो अवार्डको लागि उत्कृष्ठ चलचित्रको मनोनयनमा आफ्नो मान्छे आफ्नै हुन्छ, फस्ट लभ, हिफाजत, दशगजा र माया त माया हो परेका छन् भने निर्देशकको मनोनयनमा आफ्नो मान्छे आफ्नै हुन्छबाट ऋषि लामिछाने,  ढुंगेयुगबाट माधव राज खरेल, दशगजा दयाराम दाहाल, हिफाजतबाट ज्ञानेन्द्र देउजा र  फस्ट लभबाट सिमोस सुनुवार चयन भएका छन् ।

 

अभिनेताको मनोनयन सुचीमा आफ्नो मान्छे आफ्नै हुन्छबाट बिराज भट्ट, कोही मेरोबाट आर्यन सिग्देल, दशगजाबाट राजेश हमाल, फस्ट लभबाट कर्म र कसलाई दिउँ यो जोवनबाट दिलिप रायमाझी परेका छन् । यसैगरी अभिनेत्री तर्फ हिफाजत र आफ्नो मान्छे आफ्नै हुन्छबाट  रेखा थापा, फस्ट लभबाट निशा अधिकारी, कोही मेरोबाट सँचिता लुइटेल, पहिलो पहिलो मायाबाट युना उप्रेती मनोनयन सूचीमा परेका छन् ।